मेसीलाई २१ महिना जेल सजाय, २४ करोड रुपैयाँ जरिवाना

स्पेनको एक अदालतले बार्सिलोनाका फुटबल स्टार लियोनल मेसीलाई २१ महिना जेल सजाय सुनाएको बिबिसीले जनाएको छ।

 साथै उनलाई झन्डै २४ करोड रुपैयाँ (२ मिलियन युरो) जरिवाना पनि तोकेको छ। कर छलीको अभियोगमा बुधबार अदालतले यस्तो सजाय सुनाएको हो। 

अर्जेन्टीनी खेलाडी मेसी र उनका बुबालाई स्पेनमा ५० करोड रुपैयाँ (५ मिलियन अमेरिकी डलर) कर छलि गरेको मुद्दा अदालतमा थियो।

0 comments

Write Down Your Responses