संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बाबुराम विजय स भामागएनन्

२०७२ आस्विन ४ सोमबार

काठमाडौं : नयाँ संविधान जारी भएको उपलक्ष्यमा टुँडिखेलमा आयोजित वृहत् विजयसभामा एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई सहभागी भएनन्। सभामा उनी नदेखिए पनि आसनग्रहणका लागि उनको नाम बोलाइएको थियो । नयाँ संविधान जारी भएको खुसीयालीमा आयोजित तीन दलको विजयसभामा तीन दलका अरु सबै वरिष्ठ नेताहरु सहभागी थिए।

 बाबुरामको अनुपस्थितिलाई सभामा अर्थपूर्ण रुपमा लिइएको छ।केही सहभागीहरुले खै बाबुराम भन्दै हुटिङ पनि गरेका थिए।संवैधानिक तथा सम्वाद समितिका सभापतिका रुपमा संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बाबुरामले पछिल्ला दिनमा घुमाउरो रुपमा असन्तुष्टी देखाएका छन् ।
\
खासगरी छिमेकी मुलुक भारतको असन्तुष्टी प्रकट भएपछि उनी पनि संविधानको उत्सवमा खुल्न सकेका छैनन् । सोमबार पनि काभ्रे पुगेका बाबुरामले नयाँ संविधान आए पनि नाचगान र दिपावली गर्न आवश्यक छैन भनेर भाषण गरेका थिए।

 उनको यो भनाइको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो। इतिहासमा पहिलोपटक जनताका प्रतिनिधिले संविधान बनाउँदा पनि खुसी हुन नसक्ने बाबुरामको सानो चित्त भन्दै धेरैले फेसबुक तथा ट्वीटरमा प्रतिक्रिया जनाएको थिए।

0 comments

Write Down Your Responses