बानेश्वरमाहिन्दुवादीमाथि पानीको फोहोरा रलाठी प्रहार
२०७२ भदौ २८ गते १४:१० मा प्रकाशित
भदौ, काठमाडौं - संविधानसभाले नयाँ संविधानमा धर्मनिरपेक्षता कायमै राख्ने प्रस्ताव पारित गर्दा बाहिर बानेश्वरमा तनाव उत्पन्न भएको छ । हिन्दु राष्ट्र माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच भडप भएको छ ।
कमल थापा नेतृत्वको राप्रपा नेपाल, खुमबहादुर खड्का नेतृत्वको हिन्दु राष्ट्र महाअभियान र कमल नयनाचार्यको समूहले माइतीघर मण्डलाबाट जुलुस निकालेको थियो ।
जुलुस बानेश्वरमा पुगेपछि झडपमा परिणत भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि तनाव उत्पन्न भएको हो । झडका क्रममा प्रहरीले पानीको फोहोराका साथै लाठी चार्ज गरेको छ ।
प्रदर्शनकारीले राष्ट्रंघको एउटा गाडीमा तोडफोड गरेका छन् । तिरतवितर भएका प्रदर्शनकारीहरु एकीकृत भएका छन् र सभा गरिरहेका छन् ।
0 comments
Write Down Your Responses