बीरगन्जमाप्रहरीको गोलीलेएकको मृत्यु,प्रहरी निरिक्षक सहित डेढ दर्जन घाइते ,सभासदको घरमा तोडफोड

प्रकाशित मिति: आइतबार, आश्विन ३, २०७२ १७:२९:
वीरगन्जमा कर्फ्यु तोडने क्रममा प्रहरीले चलाएको गोलीबाट एक प्रदर्शनकाराीको मृत्यु भएको छ। गोली लागेर तीन सिकिस्त घाइते भएका छन्। आइतवार दिउँसो वीरगन्जको माइस्थानमा प्रहरी र प्रदर्शनकारी बिच भएको झडपमा प्रहरीको गोली लागेर पर्साको पाकाहा मैनपुरका २८ वर्षिय शत्रुधन पटेलको मृत्यु भएको हो। टाउको र छातीमा गोली लागेका पटेलको उपचारको क्रममा वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।

 प्रहरीको गालीबाट घाइते भएको दुइ प्रर्दशनकारीलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । पर्साका बगही गाविसका मन्सी राउत कर्मी र बैरियाविर्ताका विजय यादवालाई उपचाारको लागि राजधानी लगीएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ। प्रहरीको लाठी चार्जबाट एक दर्जन भन्दा बढि प्रदर्शनकारी घाइते भएका छन् भने प्रदर्शनकारीहरुले हानेको ढुंगाले लागेर प्रहरी निरीक्षक शेख अदालत घाइते छन्।

 कर्फ्यु तोडेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाइ घण्टाघर र माइस्थानमा प्रहरीले रोक्न खोज्दा दोहोरो झडप भएको थियो। प्रदर्शनकारीहरुलाइ लक्षित गरेर प्रहरीले दर्जनौ राउण्ड गोली तथा अश्रु ग्याँस पनि प्रहार गरेको प्रदर्शन कारीहरुले बताएका छन्। वीरगन्जको श्रीपुरमा रहेको एमालेका पर्सा सभासदको घरमा प्रर्दशनकारीहरुले ढुगांमुडा प्रहार गरेर कालो झन्डा लगाएका छन्।

 मोर्चाका कार्यकर्ताहरुले पर्सा क्षेत्र तीनका सभासद राजकुमार गुप्ताको घरमा ढुगांमुडा गरेका हुन। मधेशी मोर्चाका कार्यकर्ताहरुले गण्डक स्थित प्रहरी चौकीमा तोडफोड गरेका छन् । प्रहरी चौकी भवनको झ्याल ढोका तोडफोड गरेका हुन् । प्रर्दशनकारीहरुले वीरगन्जको असोकबाटिकामा आइतवार विहान मोटसाइकल जलाएका छन् ।उपमहानगरपवालिकाको वडा नम्बर १३ मा रहेको अस्थानिय प्रहरी पोष्टमा राखिएको बा १० प २४८१ नम्बरको मोटरसाइकल बाहिर झिकी जलाएका छन्।

 बीरगन्जको नगवा, रानीघाट, श्रीपुर, बसपार्क, बहुअरी, सिर्सिया सुक्खा बन्दरगाह र इटियाही लगायतको एरियाबाट हातहातमा कालो झण्डा लिएर बिरोध ¥याली सुरु गरेका छन् । वीरगन्जको विभिन्न स्थानमा मोर्चाका कार्यकर्ताले टायरवालेर विरोध प्रदर्शन गरेका छन् भने गाउगाउबाट जुलुश लिएर आउने क्रम रहेकोे छ ।

 यसैबीच संविधान सभाबाट जारी संविधानमा मधेशीलाई अधिकार नदिएको भन्दै पर्सावासिले आ–आप्mनो घरमाथि कालो झण्डा झुण्डयाएका छन् । जारी संविधानमा मधेशीको समेत अधिकार सुनिश्चि गर्नु पर्ने माग सहित सर्वसाधारणले कालो झण्डा झुण्डयाएका हुन । स्थानीय प्रशासनले वीरगन्जमा अनिश्चितकालिक कर्फ्यु आदश जारी गरेपनि कालो झण्डा सहित कर्फ्यु उलंघन गर्न ठाउ–ठाउबाट प्रयास भईरहेकाले उपमहानगरपालिका तनावग्रस्त बनेको छ। 

 यस्तै वीरगन्जको अशोकवाटिकमा अवस्थित अस्थायी प्रहरी चौकीमा रहेको एउटा मोटरसाइकलमा पनि आज प्रदर्शनकारीहरुले आगजनी गरेका छन् । खाली रहेको प्रहरी चौकीको परिसरमा राखिएको मोटरसाइकल प्रदर्शनकारीहरुले बाहिर निकालेर आगजनी गरेका हुन् । यस्तै प्रदर्शनकारीहरुले गण्डक, संघीय समावेशी मधेशी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा पर्साको ग्रामिण क्षेत्रमा पनि प्रर्दशन गरिएको छ। 

 सखुवा प्रसौनी गाविसमा समावेशी मोर्चाको नेतृत्वमा भएको प्रदर्शनका क्रममा तीन जना शीर्ष नेता र सभासदको पुत्ला दहन समेत गरिएको थियो। प्रदर्शनकारीहरुले सखुवा प्रसौनी बजारमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शुसील कोईराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र सभासद सुरेन्द्र चौधरीको पुत्ला दहन गरेका हुन्।मधेसमा नयाँ संविधानको विरोधमा कालो दिन मनाउदै संघीय समावेशी मधेसी मोर्चाले आज पर्साको गाउँ गाउँमा जनजागरण अभियान पनि संचालन गरेको समावेशी मधेशी मोर्चाका स्थानिय नेताहरुले बताएका छन् ।

 उदयपुरघुर्मी, वागेश्वरी, डकैला बहुअरी, गम्हरिया, नगरदाह लगायतका गाविसहरुमा जनजागरण अभियान गरिएको मोर्चाले जनाएको छ । थारुवान संयुक्त संघर्ष समिति पर्साले पनि आज कालो झण्डा सहित मोटरसाईकल ¥याली निकालेको छ । पर्साको वेल्वाबाट सुरु भएको ¥यालीले विरुवागुठी, वागवाना, हरपुर, मधुवन मथवल, गादी गाविस परिक्रमा गरेको संघर्ष समितिका सदस्य वृजमोहन चौधरीले बताए।

0 comments

Write Down Your Responses