डा. बाबुराम भट्टराईले संविधानसभाबाट निस्कँदै गर्दा के भने ?

काठमाडौँ, ३ असोज

 : एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नयाँ संविधान घोषणाप्रति आफ्नो असन्तुष्टि फेरि दोहोराउनुभएको छ ।

 संविधान घोषणा भएपछि संविधानसभा भवनबाट निस्कने क्रममा डा. भट्टराईले नयाँ संविधानमा सबै जनताको माग नसमेटिएकोले दीपावली गर्न अझै पनि आवश्यक नरहेको बताउनुभएको छ । नयाँ संविधानमा असन्तुष्ट पक्षको धारणा समेटिनुपर्ने डा. भट्टराईको धारणा थियो ।

 संविधान निर्माण प्रक्रियामा सहभागी भए पनि सबैको सहमतिमा सहमति आउन नसकेको भन्दै भट्टराईले यसअघिदेखि नै असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।

0 comments

Write Down Your Responses