गणेश लामाले एक व्यवसायीलाई अपहरण गरी ४० लाखको कागज

काठमाडौं, ६ असोज -

 गुन्डा नाइके गणेश लामाले एक व्यवसायीलाई अपहरण गरी ४० लाखको कागज गराएका छन्। प्रहरीले उनका एक सहयोगीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरले लामाका सहयोगी विक्रमजित लामालाई पक्राउ गरेको नयाँ पत्रिका दैनिकमा खबर छ।

 लामा नाइके भने भागेर विदेश पुगेका छन्। जग्गा कारोबारसम्बन्धी विवादमा लामाले ३० साउनमा भैंसेपाटीबाट एक व्यवसायीलाई अपहरण गरेर कोटेश्वरस्थित आफ्नो घरमा ल्याएका थिए। पेस्तोल देखाएरु उनले ४० लाखको कागज गराएको प्रहरीले जनाएको छ।

0 comments

Write Down Your Responses