नयाँ राष्ट्रपति, प्रधानमन्त्री चाँडै

२०७२ भाद्र ३० बुधवार

काठमाडौं: असोज ३ मा संविधान जारी भएपछि कात्तिक पहिलो साताभित्र नयाँ राष्ट्रपति, प्रधानमन्त्री र सभामुख चयन हुने भएका छन्। संविधान जारी भएको दुई साताभित्र नयाँ प्रधानमन्त्री र एक महिनाभित्र नयाँ राष्ट्रपति चयन हुने व्यवस्था पारित हुँदै गरेको संविधानमा छ। त्यही क्रममा नयाँ उपराष्ट्रपति, सभामुख र उपसभामुख पनि चयन हुनेछन्।

 कांग्रेस नेता रमेश लेखकका अनुसार नयाँ संविधान जारी भएपछि व्यवस्थापिका संसद्को बैठक जारी रहेको अवस्थामा सात दिनभित्र र बैठक नभएको अवस्थामा १४ दिनभित्र नयाँ प्रधानमन्त्री चयन गर्ने प्रावधान छ। उनले भने, 'सभामुख र उपसभामुखको चयन २० दिनभित्र र राष्ट्रपति र उपराष्ट्रपतिको चयन एक महिनाभित्रै हुनैपर्छ।'लेखकले एमालेका अध्यक्ष केपी ओली असोज १० गते प्रधानमन्त्री हुने निश्चित रहेको बताए । उनले भने, ‘ओलीलाई पनि कहीं केही मिलाउनुपर्ने भए र त्यस्तै भूमिकामा कोइराला पनि रहेका भए संविधान संशोधनसम्म हुन सक्ने देखिन्छ।'

0 comments

Write Down Your Responses