मुस्लिमको सम्मेलनमाअर्धनग्न दुई युवती

२०७२ भदौ २८ गते १३:५६ मा प्रकाशित

फ्रान्सको पेरिसमा जारी एउटा मुस्लिम सम्मेलन दुई अर्धनग्न यूवतीले विथोलिदिएका छन् । सम्मेलनभित्र एकाएक उनीहरु घुसेर हंगामा गरेको भिडियो सोसल मिडियामा भाइरल बनेको छ । सभा जारी रहेका बेला ती दुई यूवती दगुर्दै स्टेजमा उक्लिएपछि वक्ताहरु आत्तिएर स्टेजबाटै भागेको दृष्य भिडियोमा देखिन्छ । स्टेजमा माइक्रोफोन खोसेर जोड-जोडले नारा लगाउँदै गरेका यूवतीलाई आयोजकले प्रहरीको सहयोगमा बाहिर निकालेको थियो । 

स्टेजबाट हटाउने क्रममा एक यूवती जमिनमा लडेको र केहि मानिसहरुले उनलाई कुटेको भिडियोमा देखिएको छ । उनीहरुलाई त्यहाँ उपस्थित व्यक्तिहरुले अश्लिल शब्दहरु प्रयोग गर्दै गाली गरेको समेत सुनिएको छ । २१ र २५ वर्षीया ती यूवतीले आफ्नो नग्न शरीरमा विभिन्न नाराहरु लेखेका थिए । उनीहरु फेमिन नामको एक महिला संगठनका कार्यकर्ता भएको बताइएको छ ।

 संगठनकी प्रवक्ता इन्ना सेभ्चेन्कोले सम्मेलनमा ‘श्रीमानले श्रीमतीलाई पिट्नुपर्छ कि पर्दैन’ भन्ने विषयमा बहस भइरहेका बेला आफ्ना कार्यकर्ताले हस्तक्षेप गरेको बताएकी छिन् ।सन् २००८ मा यूक्रेनमा बनेको फेमिन संगठन अहिले फ्रान्सको पेरिसबाट सञ्चालित हुँदै आएको छ । यो संगठनले महिलामाथि हुने अत्याचार तथा धार्मिक अतिवाद लगायतका थुप्रै मुद्दाहरुमा यसरी नै टपलेस प्रदर्शन गर्दै आएको छ । यसअघि फेमिनका कार्यकर्ताले यूक्रेन, फ्रान्स, स्वीडेन, स्पेन र ट्यूनिशियामा यस्तैखाले प्रदर्शन गरेका थिए ।

,

0 comments

Write Down Your Responses