भारतको दवावमा विराटनगरको कार्यक्रम विचैबाट छाडेर काठमाडौ आएराजेन्द्र महतो

असोज ८काठमाडौ

 – भदौं १ गते काठमाडौसँग सम्बन्ध विच्छेद भएको भन्दै मधेश झरेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सुटुक्क काठमाडौं आएका छन् । मधेसको आन्दोलन सफल नभएसम्म काठमाडौ नफर्किने उद्घोष गरि मधेस झरेका उनी भारतीय दूताबासको दवावमा आज साँझ विराटनगर हुँदै काठमाडौ आएका हुन् । साढे पाँच बजेको सौर्य एयरलायन्सको बिमानबाट आएका उनले भारतीय जासुस एजेन्सी ‘र’ सँग भेटेको स्रोतले जनाएको छ । 

 यसअघि भारतीय विदेश मन्त्रालयका सचिव जयशंकर नेपाल आउँदा उनले भेट्न चाहेको भएपनि उनी काठमाडौ आएका थिएन । त्यतिबेला उनले आफ्नो ठाउँमा पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णलाई पठाएका थिए । सो व्यवहारले उनीमाथि भारत चिढिएको समेत बताइएको छ । अहिले सरकारसँग वार्ताको वातावरणपनि राजेन्द्र महतोकै कारण विग्रिरहेको निष्कर्ष निकाल्दै भारतीय दूतावासले उनलाई काठमाडौ बोलाएको स्रोतले जनाएको छ । 

यसअघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता महन्थ ठाकुर र उपेन्द्र यादव काठमाडौ आएको कुरालाई लिएर महतोले कडा विरोध गरेका थिए । मधेशी जनता आन्दोलनमा रहेको अवस्थामा आन्दोलन छाडेर काठमाडौ वार्ता गर्न गयो भन्दै महतोले विरोध जनाउँदै आएका थिए । उनलाई पनि तीन दलका नेताहरुले पटक पटक फोन गरेर काठमाडौ आउन आग्रह गरेको भएपनि आएका थिएनन् । तर, अहिले महतोलाई ‘र’ का पूर्व प्रमुख अवेश विहारी माथुरले बोलाएपछि सुटुक्क काठमाडौ आएका हुन् ।

 उनले साँझ माथुरसँग भेटघाट गरेको स्रोतले जनाएको छ । पार्टी स्रोतका अनुसार महतोको काठमाडौ आउने कुनै योजना थिएन । सप्तरी र बिराटनगरको कार्यक्रम सिध्याएर उनी वीरगञ्ज जाने तयारीमा थिए तर दूतावासबाट फोन गएपछि उनी विराटनगरको कार्यक्रम विचैबाट छाडेर काठमाडौ आएका हुन् । सरकारसँग वार्ता गर्न उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्र राय यादव लचिलो भएपनि महतो तयार नभएको कारण दूतावासले वार्तामा बस्न उनलाई दवाव दिएको स्रोतले जनाएको छ ।

 मोर्चाको बैठकमा भाग लिन सप्तरी गएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपाध्यक्ष ह्रदयश त्रिपाठी पनि काठमाडौ फर्केका छन् तर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव सप्तरीमै छन् ।

0 comments

Write Down Your Responses