बाबुरामले गरे पार्टी त्याग अब के गर्छन् ? दाहालमाथि गम्भीर आरोप


शनिबार 9 असोज, 2072 | 6:54 PM काठमाडौं,

 असोज ९ - एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेका छन् । नेता भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिए । उनले शनिबारै (आज)देखि व्यवस्थापिका संसदको सदस्यबाटसमेत राजीनामा दिएका छन् ।

संसद सदस्यबाट राजीनामा दिएको पत्र सभामुखसुवास नेम्वाङलाई बुझाइसकेको पनिभट्टराइले बताए ।नेता भट्टराईले आफू नयाँ ढंगले अघि बढ्ने पनि बताए । उनले पूँजीवादी क्रान्ति सम्पन्न गर्न नयाँ ढंगले अघि बढ्नुपर्नेअवस्था आएको भन्दै केही समय स्वतन्त्र नागरिकको हैसियतमा रहने बताए ।अहिले नयाँ पार्टी गठन गर्ने/नगर्ने विषयमा निश्कर्षमा पुगिनसकेको भन्दै संविधानसभाबाट संविधान जारी गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गरे पनि सबै जनतालाई सन्तुष्टि दिलाउन नसकेको भन्दै भट्टराइले तराईका जिल्लालाई दुई प्रदेशमा विभाजित गर्नुपर्ने आफ्नो धारणा रहेको पनि बताए ।

 एमाओवादी अध्यक्ष पुष्पकमल दाहालतिर संकेत गर्दै उनले अहिलेको राजनीतिक दलका नेताहरुमा नक्कली राष्ट्रवाद मात्र रहेको आरोप पनि लगाए । भारतले अघोषित रुपमा नाकाबन्दी गरेको भन्दै त्यसको विरोध गर्नुपर्ने र भारतसँगको असमझदारी कुटनीतिक रुपमा हल गर्दै जानुपर्ने भट्टराईको भनाइ थियो ।

 पत्रकार सम्मेलनमा नेता भट्टराईले एमाओवादीका अध्यक्ष दाहाल कहिल्यै संविधानसभाको पक्षमा नहरहेको दाबी गर्दै संविधानसभा आफ्नो एजेन्डा भएको भनाइ पटक–पटक दोहोर्‍याएका थिए । भट्टराइले पार्टी परित्याग गरेसँगै दाहाल र बाबुराम भट्टराईको तीन दशक लामो राजनीतिक सहकार्य पनि तोडिएको छ ।

0 comments

Write Down Your Responses