सिरहामा भैंसी जुलुस

आश्विन ७, २०७२ :

संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिरहा जिल्लाको सदरमुकाम सिरहामा बिहीबार भैंसी जुलुस प्रदर्शन गरेको छ । महावीर चोकबाट शुरु भएको भैंसी जुलुसले नगरपरिक्रमा गरेको थियो ।


 जुलुसपछि सभा पनि गरियो ।मोर्चाका सञ्जीव यादवले सभामा तीन राजनीतिक दलका शीर्षस्थ नेताहरुले आफूहरुको माग ४१ दिनसम्ममा पनि नसुनेर भैंसी जस्तो बसेकोले भैंसी जुलुस प्रदर्शन गरेको बताए

0 comments

Write Down Your Responses