हामीले सात बुँदा दिएका छैनौं : भारत

२०७२ आस्विन ७ बिहीवार

काठमाडौं : भारतले नेपालमा हालै जारी संविधान संशोधनका लागि आफ्नो तर्फबाट कुनै प्रकारको सूची नपठाएको दाबी गरेको छ । बुधबार राति भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपालको सवालबारे भारतीय सरकारको प्रतिक्रिया सार्वजनिक गर्दै आफ्नो तर्फबाट नेपालको संविधान संशोधननका लागि सात बुँदे सूची पठाएको खबरको खण्डन गरेका हुन् ।

 (नाकाबन्‍दीको चेतावनीपछि भारतद्वारा नेपाली सीमामा कडाई) भारतीय सञ्चारमाध्यमहरुले भारत सरकारले नेपालको संविधान संशोधनका लागि तयार पारेको सात बुँदे सूची बुधबार सार्वजनिक गरेपछि नेपालमा त्यसको कडा आलोचना भएको थियो ।

 इन्डियन एक्सप्रेससहितका भारतीय सञ्चारमाध्यमले छापेका नेपालको संविधान संशोधनसम्बन्धी समाचारको खण्डन गर्दै प्रवक्ता स्वरुपले भारतले नेपाललाई कुनै प्रकारको सूची नदिएको जनाएका हुन् । भारत सरकाले नेपालको संविधान संशोधन गर्न कुनै सुझाव दिएको छैन’, विज्ञप्तीमा भनिएको छ, ‘कुनै विशेष धारामा संशोधन गर्नुपर्ने नभी यसअघि भनिएझैं असन्तुष्ट पक्षका माग हिंसा र दमनबाट नभइ वार्ताबाटै समाधान गर्नुपर्ने पुरानै कुरालाई हामी जोड दिन्छौं ।

’ बुधबारमात्रै इन्डियन एक्सप्रेससहितका भारतका चर्चित सञ्चारमाध्यमले संविधान संशोधनका लागि भारत सरकाले सात बुँदे सुझाव पठाएको सार्वजनिक गरेका थिए । ती सात बुँदा नेपालस्थित राजनीतिक दलका शीर्ष नेताहरुलाई पनि बुझाइसकिएको समाचार सार्वजनिक भएपछि भारतले यस्तो धाराणा सार्वजनिक गरेको हो । 

,

0 comments

Write Down Your Responses