डनहरु भागेपछि सुस्तायो दरबारमार्गको व्यापार
काठमान्डौं – गएको भदौ ३ गते चर्चित डन कुमार घैँटे मारिएपछि उपत्यकामा डर, त्रास र धम्कीको आधारमा कमाई गरिरहेका डनहरुको भागाभाग भएको छ । घैटेको प्रहरी इन्काउण्टरपछि आफूहरुको पनि पालो आउनसक्ने डरले पासपोर्ट हुने डनहरु अहिले थाइलैण्ड लगायतका विभिन्न मुलुक छिरे भने पासपोर्ट नहुनेहरु रातारात भारत पसे ।
उपत्यकामा आपराधिक राज चलाइरहेका डनहरु भागेपछि धेरै उनीहरुको हप्ता असुली, ठेक्कामा कमिसन, मिटरब्याजबाट आजित धेरैलाई हाईसञ्चो भएको छ । तर डन नै प्रमुख ग्राहक बन्ने गरेका काठमाडांैका दरबारमार्गका व्यापरीलाई भने पर्नुपिर परेको छ । किनक, डनहरुमै आश्रित व्यापार चलाइरहेका दरबारमार्गका ब्राण्डेड सामान व्यापरीको ब्यवसाय चौपट भएको छ ।
डनहरु प्रायः ब्राण्डेड कपडा तथा जुत्तालगायतका सामान प्रयोग गर्छन् । धेरै ठाउँमा धम्कीका आधारमा रकम र कमिसन लिने गर्छन्, तर तरबारमार्गमा भने सामान किनेर लिने गरेको व्यापारीहरु बताउँछन् । ‘आफूले काम गरिदिएका नेताहरु वा ठेकेदारलाई समाएर दरबारमार्गमा सामान किनिहाल्न लगाउँथे ’ एक व्यापारीले भने ‘तर अहिले व्यापार शून्य छ, सायद उपत्यकाबाट डनहरु भागेर नै होला ।’
डनहरुले प्रायः एडीड्यास, नाईक, रिमोक्स, पुमा, जारा लगायतका ब्राण्डेड बस्त्र र जुत्ता प्रयोग गर्र्ने गर्दछन् । अन्य सामान पनि ब्राण्डेड नै प्रयोग गर्छन । ती सामानको व्यापार गर्ने दरबारमार्गका व्यापारी अहिले एकाएक व्यापार घटेको बताउँछन् । ‘पहिला पहिला दिनमा ४÷५ वटासम्म आइफोन बिक्रीहुने गथ्र्यो’ एक मोबाईल पसलेले भने ‘तर अहिले भने एकदम कम भएको छ ।
’ आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
0 comments
Write Down Your Responses