इजरायलमाकेयरगिभरकालागि २ साताभित्रआवेदन खुल्ने

भदौ २५काठमाडौं – वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (घरेलु कामदार) पठाउन २ साताभित्र रोजागार आवेदन खुला गर्ने तयारी गरेको छ ।

 दुवै देशको सरकारमार्फत (जिटुजी) माध्यमबाट नेपाली कामदार पठाउने व्यवस्थाअनुरुप प्रारम्भिक रोस्टरका लागि आवेदन खुला गर्न लागिएको हो । विभागका प्रवक्ता बद्रीकुमार कार्कीले नेपाल र इजरायलबीच जिटुजीमार्फत कामदार पठाउने सम्झौताको पाइलट प्रोजेक्टअनुरुप प्रारम्भिक रोस्टरको आवेदन खुला गर्न लागिएको बताए । 

‘विगतमा स्वीकृतप्राप्त तालिमप्रदायक संस्थाहरुबाट ३ महिना घरेलु कामसम्बन्धी तालिम लिइसकेका व्यक्तिले आवेदन दिन सक्नेछन्,’ उनले भने,‘ती कामदारको पहिलो चरणमा प्रारम्भिक सूची तयार गरिनेछ ।’ घरेलु कामदारमा जाने काममा दक्षताका साथै उमेरमा पनि परिपक्व हुनुपर्नेछ ।

,

0 comments

Write Down Your Responses