प्रचण्डको ब्रिफिङ प्रक्रिया नरोके ‘जे पनि हुन्छ-भारतीय विदेश सचिव एस शंकर

असोज १०काठमाडौं
 एमाओवादी अध्यक्ष प्रचण्डले संविधान जारी हुनुअघि नेपाल आएका भारतीय विदेश सचिव एस शंकरले धम्कीपूर्ण भाषामा संविधाको प्रक्रिया रोक्न आग्रह गरेको खुलासा गरेका छन् । आइतवारबाट शुरु भएको केन्द्रिय समिति बैठकमा समसामयीक राजनितीक परिस्थतिबारे ब्रिफिङ गर्दैै प्रचण्डले लाजिम्पाटमा भएको एस शंकरसँगको भेटको चर्चा गर्दै दुवै पक्ष एकै ढंगबाट प्रस्तुत भएको भए हानाहान हुनेसम्मको स्थिति आएको खुलासा गरेका हुन् ।

 प्रचण्डको भनाई उदृत गर्दै एमाओवादीका एक केन्द्रिय सदस्यले प्रचण्डको भनाई उद्धृत गर्दै भने, ‘एस शंकरले संविधानको प्रक्रिया रोक्न दबाव दिए, हामीले प्रक्रिया निकै अगाडी बढीसकेको हुनाले रोक्न नमिल्ने तर्क गरेपछि उनले त्यसो भए तपाईहरुलाई अप्ठेरो पर्छ भनेका थिए । शंकरले मलाई तपाईंहरुले संविधान जारी गर्नुहोला भारतले त्यसको कदापी स्वीकार नगर्ने बताउँदै थ्रेटको शैलीमा प्रस्तुत भए । उनले भनेको सबै भाषा यहाँ भन्न मिल्ने खालका छैनन्, तर हामी उनकै शैलीमा प्रस्तुत भएनौं । हामी संयमित नभएको भए हानाहान हुनेसम्मको स्थिती पैदा भएको थियो, यसको साक्षी बावुरामजी र नायरायणकाजी हुनुहुन्छ ।’

 बैठकले भारतसँग उच्च स्तरमा वार्ता गरेर नाकावन्दी खुलाउन सरकारले पहल गर्नुपर्ने लगायतका तिन प्रस्ताव पारित गरेको छ । बैठकबारे जानकारी गराउँदै पार्टी प्रवक्ता दिनानाथ शर्माले भने, ‘भारतसँगको सम्वन्ध सुदृढ बनाउनुपर्ने प्रस्ताव पनि पारित गरेका छौं ।’ संशोधन प्रस्ताव दर्ता गरेपछी बावुराम फेरिएशनिवार अकास्मात पार्टी परित्याग गरेका बरिष्ठ नेता डा. बावुराम भट्टराइ बारे केन्द्रिय समितिमा लामो समय बोलेका प्रचण्डले संविधानसभामा संसोधन प्रस्ताव दर्ता गरेपछि भट्टराई फेरिएको ब्रिफीङ गरेका थिए । 

‘संसोधन प्रस्ताव दर्ता गर्नुअघी त्यस्ता केही थिएन्, तर प्रस्ताव दर्ता गरेपछि उहाँमा अचानक परिवर्तन आएको कुरा मैले र कमरेड नारायणकाजीले महशुस गरेका थियौं’ उनको भनाइ उद्धुत गर्दै अर्का एक केन्द्रिय सदस्यले भने, ‘सामान्य असन्तुष्टि ब्यक्त गरेपनि उहाँ यत्ति ठूलो निर्णयमा कसरी पुग्नुभो, उहाँलाई कसले यस्तो गर्न सल्लाह दियो, बडो रहस्यको बिषय बनेको छ ।

’ प्रचण्डले बावुराम र आफ्नो राजनितीक यात्राको चर्चा गर्दै उनले पार्टीलाई बुझाएको पदत्यागको पत्र पढेर सुनाएका थिए । बावुराम भट्टराईको चुस्त–दुरुस्त संगठन बनाउने सपना रहेको ठहर गर्दै एमाओवादीले त्यसका लागी प्रतिबद्ध रहँदै उनको कदमलाई बेठीक ठहर्याएको छ । भट्टराईलाई कमजोरी महसुस गर्दै पार्टीमा फर्कन आग्रह गर्ने र त्यसका लागी वातावरण बनाउने निर्णय भएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

 संविधानसभामा उत्कृष्ट भूमिका बैठकमा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान निर्माणमा पार्टीले खेलेको भुमिका बारे केन्द्रिय सदस्यहरुलाई ब्रिफिङ गरेका थिए । श्रेष्ठले संविधान निमार्णमा एमाओवादीले महत्वपुर्ण भुमिका खेलेको बताए । श्रेष्ठको भनाई उदृत गर्दै पार्टी प्रवक्ता दिनानाथ शर्माले भने, ‘अन्य देशको तुलनामा उत्कृष्ट संविधान बनेपनी असन्तुष्ट पक्षलाई संवोधन गर्न सकिएन्, अबका दिनमा असन्तुष्टको मागलाइ सम्बोधन गरेर अगाडी बढ्नुपर्छ ।’ -

0 comments

Write Down Your Responses