भारत ले नेपाललाई गरेको अघोषिता नाकाबन्दीप्रति पाकिस्तानको चिन्ता
काठमाडौं, १० असोज - नेपालको संविधान प्रति असन्तुष्ट रहँदै भारतले दिएको अभिब्यक्ति प्रति पाकिस्तानका सोसल मिडिया प्रयोगकर्ताहरूले भारतको कडा आलोचना गरेका छन्।
नयाँ संविधान निर्माणपछि सीमामा अघोषिता नाकाबन्दी सहित बढ्दै गएको हिंसा प्रति पाकिस्तानीहरूले चिन्ता व्यक्त गर्दै नेपाल र नेपालीका लागि सामाजिक सञ्जालबाट ऐक्यवद्धता जनाएका छन्।
नेपाल र भारतबीचको सीमामा जारी तनावले अहिले कुनै पनि मालबाहक सामान बोकेका ट्रक नेपाल भित्रिएका छैनन्। देशमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ।
नेपाल-भारतको सीमासँग जोडिएको बिहारमा आउन लागेको चुनावलाई मध्यजनर गर्दै भारतले सुरक्षा चेकजाँचमा कडाइ गरेपछि सीमामा नाकाबन्दी गरेको छ। अर्को छिमेकी मुलुक पाकिस्ताले नेपालको संविधान बनेकै दिन बधाई र शुभकामना दिएको थियो।
पाकिस्तानले नेपालको नयाँ संविधानले लोकतन्त्रलाई बलियो बनाउने विश्वास लिएको थियो।
नेपालको संविधान माथि भारतले गरेको रूखो प्रतिक्रियालाई लिएर अहिले पाकिस्तानी ट्विटर यूजरकर्ताहरूले ह्यासट्याग #PakStandsWithNepal लेखेर नेपालको समर्थन र भारतको विरोध गरिरहेका छन्।
पाकिस्तानी ट्विटर युजरकर्ताहरूले भारततीय हस्तक्षेपको खुलेरै विरोध गरिरहेका छन्। कोही युजरकर्ताहरूले नेपालका लागि चीनलाई पनि सहयोग गर्न आग्रह गरेका छन्। यस्तै कसैले संयुक्त राष्ट्रसंघलाई पनि गुहारेका छन्।
0 comments
Write Down Your Responses