दार्चुलामा ४.१ रेक्टरको भूकम्प

२०७२ भदौ २५ गते २१:१५ मा प्रकाशित

२५ भदौ, काठमाडौं । शुक्रबार साँझ दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । साँझ ६ बजेर ३९ मिनेटमा दार्चुलालाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।


 यो गोरखा भूकम्पको केन्द्र नभई नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का दार्चुलाका साथै आसपासका जिल्लाहरुमा समेत महसुसभएको थियो ।

0 comments

Write Down Your Responses