प्रहरीले पक्राउ गरेपछि अर्चनाले त्यागिन् पोर्नस्टार बन्ने सपना -
२५ भदौ, काठमाडौं- यी हाम्रै नेपालकी एक आमा हुन्, जो छोरीलाई पोर्नस्टार बनाउन चाहन्छिन् । उनले हदभन्दा अगाडि बढ्दै कलिली छोरीलाई नंग्याएर आफैंले फोटोसुट पनि गराइन् र फेसबुकमा हालिन् । परिणामस्वरुप प्रहरीले दुबै आमाछोरीलाई पक्राउ गर्न बाध्य भयो ।
जब कुनै आमाले आफ्नी छोरीलाई सन्नी लियोनीजस्तै बनाउँछु भन्छिन् भने सोचौं नेपाली समाज कतिसम्म ‘मोर्डन’ भइसकेछ ।
आमा सुनिता पनेरु खुलेआम भन्छिन्, ‘मेरी छोरीको सानैदेखिको सपना हो पोर्नस्टार बन्ने । छोरीको सपना साकार बनाउन एउटी आमाले जे त्याग पनि गर्न सक्छे र म गर्छु ।’सुनिताकी पोर्नस्टार बन्न लालायित १७ वर्षीया छोरी अर्चना भर्खर १० कक्षाकी विद्यार्थी हुन् । निर्दोष अनुहारकी यी किशोरीमा कसरी पोर्नस्टार बन्ने भूत सवार भयो ? नबुझेर हो ? कि चर्चामा आउनका लागि प्रपोगण्डा गरेका हुन् यी आमाछोरीले ?
होइन । अर्चनाले जानेबुझेरै यो सपना पालेकी हुन् । ‘पोर्नस्टार सपना’ मा आमाछोरी दुवै अति सिरियस छन् । आमा सुनिता यसरी गफ गर्छिन् कि मानौं छोरीलाई उनले समाजसेवामा लगाउन खोजेकी छिन् , तर यसमा प्रहरीले रोकावट गरेको छ ।
सन्नी लियोनीको नग्न फोटो र फिल्महरु हेरेर आफूले प्रेरणा लिएको अर्चना बताउँछिन् । ‘मलाई सानैदेखि न्यूड फोटो खिच्न इन्ट्रेस्ट थियो,’ उनले अनलाइनखबरसित टेलीफोनमा भनिन्,
‘मम्मी र ड्याडीले मलाई बाटो देखाउने काम गर्नुभयो ।’
एक वर्ष अघिदेखि आफूले बाबुआमाको सहयोगमा न्यूड फोटोसुट गर्न थालेको अर्चनाले बताइन् । दुई साताअघि उनले फेसबुक पेज खोलेर आफ्ना केही ‘सेमी न्यूड’ फोटोहरु पोष्ट गरेकी थिइन् ।
ती मध्ये एउटा तस्बिरमा उनी सर्वांग नग्न छिन् र गोप्य अंगहरुलाई फुलको थुंगाले छोपिएको छ । एउटा टपलेस फोटोमा वक्षस्थललाई हत्केलाले छोप्ने प्रयास गरेकी छिन् । ‘सबै फोटोहरु घरमा नै खिचेका हौं,’ अर्चनाले अनलाइनखबरसँग भनिन्, ‘मम्मीले यी फोटो खिचिदिनुभएको हो, ड्याडी पनि सँगै हुनुहुन्थ्यो ।
’पनेरु परिवारको नालीबेली
कञ्चनपुर-३ भासीमा बस्दै आएको छ पनेरु परिवार । सुनिता उनकी कान्छी श्रीमती हुन् । उनीहरुका एक छोरी र एक छोरा छन् । अर्चनाका भाइ कक्षा ८ मा पढ्छन् । वरिपरिका छरछिमेकीसित यो परिवारको खासै सम्वन्ध छैन ।
पनेरु परिवार पहिले भारतको मुम्बईमा बस्थ्यो । आठ वर्षअघिदेखि नेपाल आएर बस्न थालेका उनीहरुसित छरछिमेकीहरु नजिक हुन चाहँदैनन् । पनेरु दम्पत्ति के काम गर्छन् भन्ने पनि कसैलाई थाहा छैन ।
विद्यालयले निकाल्यो
स्थानीय लिटिल बुद्ध स्कुलमा कक्षा १० मा अध्ययनरत अर्चनालाई सो विद्यालयले निस्कासन गरेको छ । प्रहरीले आफूहरुलाई पक्राउ गरेलगत्तै विद्यालयले निस्कासन गरेको अर्चनाले बताइन् ।
अर्चना पढाइमा औधी तेज रहेको आमा सुनिता बताउँछिन् । ‘पहिले सँधै फस्ट हुन्थी छोरी । यो स्कुलमा आएपछि षडयन्त्र गरेर थर्ड, फोर्थ बनाइयो ।’स्कुलले निकाले पनि छोरीको करिअरमा केही फरक नपर्ने सुनिता बताउँछिन् ।
प्रहरी कार्यालयमा के-के भयो ?
अर्चनाका अश्लील तस्बिरहरु फेसबुकमा पोष्ट भएपछि कञ्चनपुर प्रहरीमा गाउँलेको उजुरी परेको थियो । प्रहरीले बिहीबार अर्चनाका आमाछोरीलाई पक्राउ गरी कागज गराएर छाडेको छ ।
अब आइन्दा अश्लिलता फैलाउने काम नगर्ने लिखित प्रतिवद्धतापछि उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकी प्रहरी नायब निरीक्षक डम्बकला कार्की चन्दले अनलाइनखबरलाई बताइन् ।
प्रहरीले पनेरु परिवारलाई दिनभरि प्रहरी चौकीमा राखेर सम्झाएको थियो । पटक-पटक सम्झाउँदा पनि आमा सुनीताले छोरीको इच्छा पूरा गराउन पछि नहट्ने अड्डी लिएकी थिइन् । ‘मेरी छोरीलाई पोर्नस्टार बन्न नदिने तपाईंहरु को हो ?’ आमा सुनिताको भनाइ उद्वत गर्दै चन्दले भनिन्, ‘यो ठाउँमा बसेर गर्न पाइन्न भने अर्को ठाउँमा गएर गर्छौं ।’
तर, प्रहरीले नेपालका कुनै पनि ठाउँमा गएर अश्लीलता फैलाउने काम गर्न नपाइने भन्दै अन्यथा साइबर क्राइममा मुद्दा चलाउने चेतावनी दिए । तर, त्यति गर्दा पनि सुनीता डगिनन् । ‘म जस्तोसुकै लडाइँ लड्न पनि तयार छु, तर छोरीलाई पोर्नस्टार बनाएरै छोड्छु,’ प्रहरीलाई औंला तेर्स्याउँदै उनले भनिन् ।
0 comments
Write Down Your Responses