विचित्रका मान्छे, जसलाई आलु खाँदा लाग्छ रक्सीको नशा -

२०७२ भदौ ३० गते ११:४५ मा प्रकाशित

आलु खाँदा रक्सीको नशा ! सुन्दैमा विचित्र लाग्ने । तर अमेरिकाका एक पुरुषलाई भने यस्तै हुन्छ । उनलाई आलु खाएपछि रक्सीले जस्तै नशा लाग्छ । ओहियोका ३५ वर्षे निक हेसले मलाई आलुको नशा लाग्छ भनेको सुन्दा अरुले पत्याउँदैनन् । तर उनको पीडा देख्नेहरुलाई भने पत्याउन कर लाग्छ । आलु खाएर रक्सीको नशा लाग्ने त्यो कस्तो विचित्र होला ? आखिर कसरी सम्भव भयो यस्तो ?

 वास्तवमा निकमा अटो ब्रुअरी सिन्ड्रोम भन्ने रोग छ । जस अनुसार उनको पेटमा कार्बोहाइड्रेट आफै अल्कोहलमा परिणत हुन्छ । आफुलाई आलु खाँदा रक्सीको नशा लाग्ने समस्या भएपनि सुरुसुरुमा श्रीमतीलाई यो कुरा थाहा नहुँदा आफुमाथि रक्सी पिएको आरोप लगाएर हकार्ने गरेको उनी सुनाउँछन् ।

 आलु खाएपछि रक्सी लागेर मात्तिएको अवस्थाका विभिन्न भिडियो पनि खिचेकी रहेछिन् उनकी श्रीमतीले । कतिपयले त उनले लुकेर रक्सी खाने गरेको र घरमा आएर आलुको नसा लागेको भनेर नाटक गर्ने गरेको आरोप पनि लगाए । तर जब डाक्टरहरुले आलुको नशा लाग्ने उनको रोग पत्ता लगाए सबै आश्चर्यमा परे । डाक्टरहरुका अनुसार उनलाई अटो ब्रुअरी रोग मात्र होइन पेटमा रक्सी पार्ने ढुसीको मात्रा सामानय भन्दा ४ सय प्रतिशत बढि छ ।

,

0 comments

Write Down Your Responses