पाँच बालबालिकाको घाँटी रेटेर हत्या

२०७२ आस्विन ११ सोमबार

बैंकक : मानसिक सन्तुलन गुमाएको एक व्यक्तिले थाइल्याण्डमा पाँचजना बालबालिकाको घाँटी रेटेर हत्या गरेका छन् । सो व्यक्तिले तरकारी काट्ने चक्कुले घाँटी रेटेर ती पाँचको हत्या गर्नुको साथै अर्की एकजना गर्भवती महिलालाई पनि चक्कु धसेर गम्भीर घाइते बनाएको छ ।

 थाइल्याण्डको चाई प्रकरण जिल्लामा आइबार अपरान्ह सो हत्याकाण्ड भएको थाइल्याण्डबाट प्राप्त समाचारमा जनाइएको छ । प्रहरी लेफ्टिनेन्ट कर्णेल सोम्बुत कालासुकले भने– एक मानसिक रोगीले पाँचजना बालबालिकालाई तरकारी काट्ने चक्कुले घाँटी रेटेर हत्या गरेको छ । उनीहरु सबैलाई टाउको र घाँटीमा चोट लागेको छ ।

 मारिनेमा पाँच महिनादेखि आठ वर्षसम्मका बालबालिका रहेका पनि उनले जानकारी दिए । गर्भवती महिलाको अवस्था पनि अत्यन्तै नाजुक रहेको अस्पतालले जनाएको छ । मारिनेमा एकजना बच्चा तिनै महिलाको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मारिने बच्चामध्ये तीनको शव घरभित्रै र एकजनाको आँगनमा भेटिएको थियो । बाँकी एकजनाको भने अस्पतालमा मृत्यु भएको हो । उक्त व्यक्ति केही महिनामात्र पहिला अस्पतालमा उपचार गराइ फर्किएक थियो । उसलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।

,

0 comments

Write Down Your Responses