मनास्लुमाअष्ट्रेलियन नागरिककोमृत्यु
२०७२ आस्विन १६ शनिबार
गोरखा : मनास्लु हिमाल सफल आरोहण गरेर फर्केका एक अष्ट्रेलियन नागरिकको लडेर मृत्यु भएको छ ।
शुक्रबार हिमाल आरोहण गरेर फर्कँदै गरेका जोल्टन बेनेडेकको मनास्लुस्थित चौथो शिबिरबाट लडेर मृत्यू भएको पर्यटन बिभागका ज्ञानेन्द्र कुँवरले जानकारी दिए ।
सोही स्थानबाट लडेर अर्का आरोही घाइते भएका छन् ।
फ्रान्सका किन लुक घाइते भएका हुन् । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
राहदानी नम्बर ४८४४०६४ रहेका बेनेडेकको शव शनिबार साढे १२ बजे हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।
गत सेप्टेम्बर ५ मा सेभेन सम्मिट ट्रेक्स प्रालिबाट १४ जनाको टोली मनास्लु आरोहणका लागि गएको थियो ।
उनीहरु अक्टोबर १ मा बिहान आठबजे मनास्लु आरोहण गरेर उनीहरु फर्केका थिए ।
सोही दिन बेनेडेकको मृत्यु भएको सेभेन सम्मिटका प्रबन्धक निभेष कार्कीले जानकारी दिए ।
मनास्लु हिमाल गोरखाको सामागाउँ गाविसमा रहेको छ । विश्वकै सातौं अग्लो आठ हजार एकसय ६३ मिटर उचाइको मनास्लु हिमाल ‘किलर माउण्टेन’ का रुपमा परिचित छ ।
गत बैशाखको भुइँचालोले पर्यटन पदमार्ग तहसनहस भएपछि आरोहीहरु हेलिकोप्टरबाट सामागाउँसम्म पुगेर हिमाल चढ्ने गरेको स्थानीय होटल ब्यवसायी वीरबहादुर लामाले जानकारी दिए ।
0 comments
Write Down Your Responses