संविधान नचाहनेले राष्ट्रपतिमा दाबी गरे पछि
२०७२ कार्तिक १ आईतवार
काठमाडौँ : एमालेका महासचिव ईश्वर पोखरेलले संविधान जारी नहोस् भनी चाहने पक्षले यसको कार्यान्वयन रोक्न प्रधानमन्त्री तथा राष्ट्रपतिको निर्वाचनलाई प्रभावित बनाउन प्रयास गरेको बताएका छन् ।
महासचिव पोखरेलले आइबार यहाँ बडादसैँका अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै संविधानको सफल कार्यान्वयन हुन नदिन संविधानलाई स्वीकार नगर्ने व्यक्तिलाई राष्ट्रपति पदमा निर्वाचित गराउन केही समूह प्रयासरत रहेको आरोप लगाए ।
प्रधानमन्त्रीको निर्वाचन नेपालको संसदीय निर्वाचन मात्र नबनी राष्ट्रिय स्वाभिमानको पनि विषय बनेको र त्यसमा नेपाली जनताले राष्ट्रिय स्वतन्त्रता तथा स्वामिमानपूर्ण अवस्थामा बाँच्न पाउनुपर्छ भन्ने पक्षको विजय भएको बताए ।
उहाँले संविधानको सफल कार्यान्वयन गर्न, आन्दोलनरत पक्षलाई वार्तामार्फत सहमतिमा ल्याउन, भूकम्पबाट प्रभावित मुलुकमा पुनःनिर्माण र नयाँ निर्माण गर्न आपूmहरुले दल तथा सरकारमार्फत प्रयास गरिरहेको जानकारी दिए ।
कार्यक्रममा पार्टीका सचिव योगेश भट्टराई र पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले संविधान निर्माणका क्रममा देखिएको खिंचातानी र त्यसपछि मुलुकले भोगेको अघोषित नाकाबन्दीका समयमा जनताले भोगेको पीडाका विषयलाई सञ्चारकर्मीले उजागर गरेकामा सन्तोष व्यक्त गरे ।
रासस
0 comments
Write Down Your Responses