जुसको बट्टाले खसालियो २२४ यात्रु बोकेको जहाज
२०७२ मङ्शिर ३ बिहीवार
एजेन्सी : तीन साताअघि इजिप्टमा आइएआइएसले खसालेको रुसी विमानबारे नयाँ तथ्य बाहिर आएको छ ।
आइएसआइएसले रुसी विमान खसाल्न प्रयोग गरिएको जुसको क्यान र त्यसमा जडान गरिएको बमको तस्बिर आफ्नो म्यागजिनमा सार्वजनिक गरेको हो । उसले सोही जुसको क्यानमा डेटोनेटर जडान गरेर २२४ यात्रुसहितको रुसी विमान खसालेको दाबी गरेको हो ।
आतंकवादी संगठन आइएसआइएसले रूसी जहाज खसालेपछि खुसीयाली मनाइरहने क्रममा जहाज खसाल्न प्रयोग जुसको क्यानको तस्बिर सार्वजनिक गरेपछि त्यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
उसले आफ्नो अलाइन म्यागजिन 'दाकिब' मा रूसी जहाजमा बम राखेको जिम्मेवारी लिएको छ । सार्वजनिक गरिएको तस्बिरमा आइएसआइएसले दाबी गरेअनुसार रूसी जहाज क्यान बममार्फत विस्फोट गराइएको जनाइएको छ ।
रुसी जहाज ३१ अक्टोबरमा इजिप्टको शर्म अल शेख रिसोर्टबाट उडान भरेको २३ मिनेटपछि दुर्घटना भएको थियो ।
आइएसको दाबी अनुसार इजिप्टमा एयरपोर्टका सुरक्षाकर्मीलार्इ छलेर जहाजमा बम राखिएको थियो ।
आइएसआइएसले यही क्यान बमका कारण जहाज विस्फोट भइ दुर्घटनामा परेको जनाएको छ । यो जुसको क्यानमा करिब एक किलो ५ सय ग्रामको विस्फोटक राखिएको थियो ।
१८ नोभेम्बरमा रूसको फेडरल सेक्युरिटी सर्भिसका निर्देशक अलेक्जेन्डर बोर्टनिकोभले बताए अनुसार जहाजमाबम राखिएको थियो ।
त्यसपछि राष्ट्रपति भ्लादिमिर पुटिनले आतंकवादीको खोजीखोजी ज्यान लिन भनेका थिए । यसैबीच रुसी सरकारले आतंकवादीबारेमा जानकारी दिनेलार्इ करिब ४ अर्ब रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
३१ अक्टोबर बिहान ६ बजेर ५१ मिनेटमा रूसक एयरबस ए-३२१ उडान नम्बर ७के९२६८ जहाज शर्म अल-शेखबाट उडेको थियो ।
यो जहाज सोही दिन मध्यान्ह १२ बजेर १० मिनेटमा रुसको सेन्ट पिटर्सबर्गको पुलकोभो एयरपोर्टमा अवतरण हुनुपर्ने थियो ।
यो जहाजमा सात चालक दलका सदस्य, १७ जना बालकसहित २२४ यात्रु थिए । एयरपोर्टबाट उडान भरेको २३ मिनेटपछि यो प्लेन गायब भएको थियो । रुसकै कोलेभिया एयरलाइन्स यो जहाजमा अधिकांश रसियन पर्यटक सवार थिए ।
0 comments
Write Down Your Responses