काठमाण्डौमा लखेटिए उपेन्द्र यादव : एउटा युवक जसले उपेन्द्र - यादवलाई लखेटेरै छाडे

काठमाडौँ, ७ मङ्सिर /

 मधेसमा जारी आन्दोलनले १०० दिन कटाएको अवसरमा सोमबार राजधानिको माइतिघरमा मधेसी मोर्चाले मौन धारणा तथा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पनि सहभागिता थियो । यादवले सभाको सम्वोधन गरेर सहभागीसँग कुराकानी गर्दै थिए ।

 त्यतिकैमा कतैबाट भिडमा एक लामो कपाल पालेका हट्टा–कट्टा ब्यक्ति आइपुगे । उनले यादवसँग मधेसीको आन्दोलनका कारण तेल, ग्यास नपाएको र जनताले दुःख पाएको गुनासो पोख्न थाले । उनले भने, ‘आन्दोलनका कारण म र म जस्ता नेपालीको घरमा चुल्हो बलेको छैन, के–को आन्दोलन हो, जनतालाई दुःख दिने काम गर्ने।’ उनको स्वर झनै चर्को हुँदै गयो । 

उनी यादवको नजिकै पुगेर उनीमाथि जाइलाग्न थाले । त्यत्तिकैमा पहिले केही शब्द बोलेर टार्न खोजेका यादवको पछि बोलती बन्द भयो । युवक झन् पछि झन् आक्रोशित हुँदै गएपछि यादव एकैछिनमा कुलेलाम ठोके । यादव टाप कसेपछि ती युवाले मधेस आन्दोलनविरुद्ध नाराबाजी गर्न थलेपछि प्रहरीले ती युवकलाई पक्रेर लग्यो । तर, त्यहाँ उपस्थित अन्य सर्वसाधारण पनि चुप लागेर बसेनन् । उनीहरले जनताको नाममा राजनीति नगर्न आग्रह गरे ।

 साभार : काठमाण्डु टुडे

0 comments

Write Down Your Responses