एकै महिलाको ४३ हजार २ सय पटक बलात्कार !

कुविक एनपी न्युज

 एजेन्सी - महिलाको सम्पत्ति, गहना भनेकै उनीहरुको इज्जत र अस्मिता हो । जब त्यो लुटियो, तब जीवनभरी निराश हुन्छन् ।तर, अमेरिकाको मेक्सिको सहरमा एक महिलाको ४३ हजार २ सय पटक बलात्कार भएको खुलासा भएको छ । कार्ला जैन्टिसो नामकी महिलामाथि चार वर्षको अवधिमा ४३ हजार २ सय पटक बलात्कार भएको तथ्य बाहिर आएको हो ।

 अमेरिकी समाचार संस्था सीएनएनले सार्वजनिक गरेको यो समाचारमा कार्लाले आफ्नो अन्तर्वार्ताका क्रममा ४३ हजार २ सय पटक आफू बलात्कारको सिकार बनेको बताइन् ।मानव तस्कारको जालमा परेकी कार्लाको दिनमा ५० जनाले बलात्कार गर्ने गरेका थिए ।

 ७ वर्षको उमेरमै आमाले घरबाट निकालेकी कार्ला आफन्तको घरमा बस्दै आएकी थिईन् । त्यहाँ बस्ने क्रममा काका पर्ने एक आफन्तले १२ वर्षको उमेरमा पहिलो पटक बलात्कार गरी उनलाई गलत आरोप लगाएर घरबाट निकालेका थिए ।त्यसपछि उनलाई माया र प्रेम नाटकमा केही पुरुष मानव तस्करले कोठीमा पुगाए । जहाँ उनको ४३ हजार २ सय पटक बलात्कार भएको हो । पछि प्रहरीले त्यहाँबाट उनलाई उद्दार गरेको थियो ।

,

0 comments

Write Down Your Responses