उपेन्द्र यादवलाई बोल्न दिएपछि संसदमा कांग्रेसको हंगामा -प्रमुख प्रतिपक्षलाई पहिले बोल्न दिनुपर्ने माग
१० मंसिर,काठमाडौं
सभामुख ओनसरी घर्तीले आफूभन्दा पहिले पहिले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्ने समय दिएपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा हंगामा खडा गरेको छ ।
व्यवस्थापिका संसदको विहिवारको बैठक शुरु हुनासाथ प्रमुख विपक्षी कांग्रेस सहित विपक्षी दलका सांसदहरु आ आफ्नो ठाउँबाट उठेर बोल्ने समय मागेका थिए ।
ढ्याप ढ्यापे समयमा सभामुख घर्तीले शुरुमै उपेन्द्र यादवलाई बोल्ने समय दिइन् ।
यादवलाई बोल्ने समय दिनासाथ कांग्रेस सांसदहरु उठेर होहल्ला गर्न थाले । उनीहरुले संसदीय लोकतन्त्रमा प्रमुख प्रतिपक्षलाई सबैभन्दा पहिले समय दिनुपर्ने भन्दै बैठक अघि बढ्न नदिने भन्दै कराए ।
कांग्रेस सांसदहरु एकोहोरो होहल्ला गरिरहेपछि सभामुखले पटक पटक बस्न आग्रह गर्दै उनीहरुलाई पनि बोल्न समय दिने बताइन् ।
सभामुख घर्तीले सांसदहरुले बोल्न हात उठाएपछि कसलाई समय दिने भन्ने आफ्नो अधिकार रहेको भन्दै बस्न अन्तिम पटक आग्रह गर्दा पनि होहल्ला नरोकिएपछि मंसिर १५ गतेसम्मलाई बैठक स्थगित गरेकी हुन् ।

0 comments
Write Down Your Responses