बाबुराम भट्टराइ भारतीय राजदूत रे’बीच सांग्रिला होटलमा गोप्य भेटः सरकार गिराउने छलफल
कुविक एनपी न्युज
काठमाडौं : केही समयअघि एमाओवादी त्यागेर नयाँ शक्ति निर्माणको अभियानमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नगरिक अगुवा र भारतीय राजदुत रंजित रे बिच बुधबार गोप्य भेटवार्ता भएको छ ।
काठमाडौंको संग्रिला होटलमा दिउसोको ११ वजेदेखि २ बजेसम्म चलेको भेटवार्तामा नागरिक अगुवा पद्यमरत्न तुलाधर, सुन्दरमणी दिक्षित, दमननाथ ढुंगाना, डा.भगवान कोईराला, पूर्व राजदूत विजयकान्त कर्ण र अधिवक्ता दीपेन्द्र कर्ण सहभागी भएको उच्च स्रोतले बतायो ।
भेटवार्ताको आयोजना राजदूत रे ले गरेका थिए भने भेटवार्ताका लागी भट्टराईले नाम छनौट गरेका थिए । भेटवार्ताको क्रममा भारतीय नाकाबन्दी, मधेस आन्दोलन र सरकारका बारेमा समेत छलफल भएको स्रोत बताउँछ ।
भेटमा नेपाल र भारतबिचको असहज स्थितिलाई सहज बनाउनका लागी भूमिका खेलिदिन रे ले आग्रह गर्नुको साथै मधेस आन्दोलनलाई निष्कर्षमा पुर्याउने गरी अरु क्षेत्रहरुमा समेत आन्दोलन गर्न उक्साएका थिए ।
भेटवार्ताको बारेमा भट्टराईको नीजि सचिवालयलाई बुझ्दा भेट नभएको बताए पनि सांग्रिला होटलस्रोेतका अनुसार भट्टराई पनि भेटमा सहभागी थिए ।
भेटबारे नागरिक अगुवा पद्यमरत्न तुलाधरले स्विकार गरेपनि कोको सहभागी थिए भने भनेनन् । भेटका क्रममा अहिलेको ओली सरकार गिराउनेसम्मको छलफल चलेको स्रोतले बतायो ।
0 comments
Write Down Your Responses