२०७२ मङ्शिर ४ शुक्रबारएजेन्सी : पेरिस हमलाका मास्टरमाइन्ड अब्देलहमिद अबाउद फ्रान्सेली प्रहरीले चलाएको सर्च अपरेशनका क्रममा मारिएका छन् ।
बिहीबार फ्रान्सका जाँचकर्ताहरूले १२९ जनाको ज्यान जाने गरी भएको पेरिस हमलाका योजनाकार अब्देलहमिद अबाउद मारिएको पुष्टि गरेका हुन् । जाँचकर्ताका अनुसार पुलिसको हातमा पर्नुअघि नै उनले आत्महत्या गरेका हुन् । प्रहरीले छापा मार्ने क्रममा भेटिएको लाश अब्देलहमिदको भएको पुष्टि फ्रान्सको जासुसी एजेन्सी पुष्टि गरेको हो । फ्रान्सको जासुसी एजेन्सीका अनुसार अब्देल तिनै व्यक्ति थिए, जसले पेरिसमा गरिएको हमलाको सम्पूर्ण योजनाको खाका तयार पारेका थिए ।
उनैको योजना र डिजाइनमा यो डरलाग्दो हमला पेरिसमा भएको थियो । अब्देल हमिदको नाम आईएसआईएसको खुंखार कमाण्डरका रूपमा चर्चित छ ।
२७ वर्षीय अब्देल मूलरूपमा मोरक्कोका थिए । तर उनी पछिल्लो समय परिवारसँगै बेल्जियममा बस्ने गरेका थिए । अब्देलका पिता एक दोकानदार रहेका छन् । अब्देलको घर ब्रसल्सको मुलेनबिक इलाकामा रहेको छ ।
अब्देल २०१३ मा आर्इएसआर्इएसमा सामेल भएका थिए । उनले बेल्जियममै बसेर अन्य असफल आतंकवादी हमला पनि गर्ने प्रयास गरेका थिए । अब्देल हमिदले चार्ली हेब्डो हत्याकाण्डका लागि एक बेल्जियन पुलिस अधिकृतलार्इ मार्ने प्रयास पनि गरेका थिए ।
अब्देल हमिदको नाम सिरियामा आईएसआईएसको सबैभन्दा खुंखार कमाण्डरमा सामेल छ । फ्रान्सको जासुसी एजेन्सीका अनुसार अब्देलले नै पेरिस हमलाका लागि सातजना आत्घातीलार्इ तयार बनाएका थिए । फ्रान्सको जासुसी एजेन्सीको भनाइ अनुसार उनीहरूले पेरिसमा भएको आतंकवादी हमलामा संलग्न ७ मध्ये छ जना आतंकवादीको पहिचान भइसकेको छ ।
एकको पहिचान बिलाल हदफीको रूपमा भएको छ । उनी मूलरूपमा फ्रान्सका थिए तर पछिल्लो समय बेल्जियममा बस्ने गरेका थिए ।
अर्का अहमद अल मोहम्मद, जो सिरियाको इदलिब शहरका बासिन्दा थिए । फ्रान्सेली जासुसी एजेन्सीका अनुसार उनी अक्टुबरमा ग्रिसको बाटो हुँदै फ्रान्स छिरेका थिए । तेस्रा ब्राहिम एब्देसलाम, फ्रान्सकै बासिन्दा थिए । उनले एक साथीसँग मिलेर रेस्टुरा, क्याफे र बारमा गोलाबारी गरी स्वयमलार्इ बमले उडाएका थिए ।
चौथा सामी अनमोर पनि फ्रान्सकै बासिन्दा थिए । सन् २०१२ मा फ्रान्स पुलिस अधिकारीले उलार्इ यमन गएको बारेमा सोधपुछ गरेका थिए । सामी बाटाक्लान कन्सर्ट हलमा भएको आतंकवादी हमलामा सहभागी थिए ।
उनले पनि आफूलार्इ बमले उडाएका थिए । पाँचाै इस्माइल ओमार मोस्तफाइ पनि फ्रान्सकै बासिन्दा थिए । सामीसँगै उनी पनि बाटाक्लान कन्सर्ट हलमा भएको आतंकवादी हमलामा सहभागी थिए ।
हमला क्रममा इस्माइलले पनि आफूलार्इ बमले उडाएका थिए । फ्रान्सको जासुसी एजेन्सीका अनुसार इस्माइल पछिल्लो समय सिरियामा आउँदै जाँदै गरिरहेका थिए । पेरिस हमलामा संलग्न अर्का एकजना अझै फरार रहेको फ्रान्सेली अधिकारीको भनाइ छ । सलाह एब्देसलाम नामका एक आतंकवादी पुलिसको नियन्त्रण बाहिर छन् । उनी बेल्जियमका बासिन्दा हुन् । उनी पेरिस आतंकवादी हमलामा मारिएका ब्राहिम एब्देसलामका भाइ हुन् ।
पेरिस हमलाका योजनाकार अब्देलहमिद अबाउद मारिएभिडिओ हेर्नुस
0 comments
Write Down Your Responses