नरेन्द्र मोदीको विरोधमा आमिर खानले देश छाड्ने !

कुविक एनपी न्युज मुम्बई 

भारतमा बढ्दो असहिष्णूताले धेरै कलाकार विवादमा तानिएका छन् ।यसैक्रममा बलिउडका चर्चित अभिनेता आमिर खान पनि विवादमा आएका छन् । आमिरलाई उनका परिवारले पछिल्लो अवस्था देश छाड्न दिएको सुझाव सार्वजनिक गरेर उनी विवादमा आएका हुन् ।यसअघि नरेन्द्र मोदी सरकारविरुद्ध अवार्ड फिर्ता गर्ने कलाकारको कदममा समर्थन जनाएर बलिउड बादशाह शाहरुख खान पनि विवादमा तानिएका थिए ।

 उक्त विवाद सेलाउन नपाउँदै असहिष्णूताको मुद्दामा आमिर पनि विवादमा आएका हुन् । उनले मोदी सरकारविरुद्ध बोल्दै एक अवार्ड समारोहमा आफ्नो बच्चा देखेर आफैंलाई पहिलोपटक डर लागेको बताए ।उनले भने- ‘देशको माहोल देखेर एकपल्ट पत्नि किरणले मसँग साह्रै डर लाग्दो कुरा गरिन् । किरणले मसँग देशै छोड्ने कुरा गरिन् । किरण बच्चालाई कसरी जोगाउने भनेर डराइरहेकी थिइन् ।

’उत्तर प्रदेशको दादरी भन्ने ठाउँमा केही समयअघि गाईको मासु खाएको शंकामा एक जनाको हत्या भएको घटना र यसअघि कन्नड लेखक कलबुर्गीको पनि हत्याकाण्डले भारतमा असहिष्णुता भड्किएको थियो । कैयौं साहित्यकार र फिल्मकर्मीले असहिष्णुताको विरोधमा अवार्ड नै फिर्ता गरिसकेका छन् ।हालसम्म यस विषयमा केही नबोलेका आमिर खानले पहिलोपटक भारतको असहिष्णूता र मोदी सरकारविरुद्ध बोलेका हुन् । आमिरको यस्तो भनाईबाट करोडौं दर्शक मर्माहत भएको महसुस गरिएको छ ।

 आमिरलाई देश छाडेर बाहिर जान दिँदैनौः मोदी सरकारयता सरकारका तर्फबाट केन्द्रिय मन्त्री मुख्तार अब्बास नकवीले आमिर खानलाई देश छोडेर बाहिर जानुपर्ने अवस्था नआउने बताए । उनले भने- आ’मिर भारतमा सुरक्षित छन् । उनले असहिष्णुताका विषयमा जुन किसिमको वक्तव्य दिएका छन्, त्यो पुरै राजनीतिबाट प्रेरित छ । उनले ती मानिसको बेइज्जत गरेका छन्, जसले आमिर खान भनेर मनदेखि सम्मान गर्छन् ।’

,

0 comments

Write Down Your Responses