भारतीय नाकाबन्दीविरुद्ध अमेरिकाका नेपालीहरु ह्वाइट हाउस जाने
कुविक एनपी न्युज
काठमाडौं, २ मंसिर - भारतीय नाकाबन्दीविरुद्ध अमेरिकाका नेपाली एकजुट हुन थालेका छन् ।यसैक्रममा आगामी २२ नोभेम्बरमा अमेरिकामा रहेका सबै नेपालीहरु अमेरिकी राष्ट्रपति बराक ओबामा कार्यालय ह्वाइट हाउस पुग्ने भएका छन् ।भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीमा राष्ट्रपति ओबामाको ध्यानाकर्षण गराउन सम्पूर्ण नेपालीहरु ह्वाइट हाउस अगाडि प्रदर्शन गर्ने भएका हुन् ।
प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव प्रभु थापाले छिमेकी देश भारतले नेपालमा लगाएको अमानवीय नाकाबन्दीबिरुद्ध नेप्लिज अमेरिकनहरूको (अमेरिकामा रहेका सम्पूणं दाजुभाई दिदीवहिनीहरू र सबै नेपाली संघ(संस्थाहरूको संयुक्त) एउटै ब्यानर, एउटै झन्डा एउटै उद्घघोषका साथ २२ नोभेम्बर बिहान ११ः३० बजे देखि दिउँसो ३ बजे सम्म लाफायत पार्क (ह्वाईट हाउस अगाडि) विशाल प्रदर्शन गर्ने जानकारी दिनुभयो ।
उहाँले उक्त भारतीय नाकाबन्दी विरूद्धको विशाल एकेवद्धता प्रदर्शनीमा उपस्थित हुन अमेरिकाका सम्पूर्ण नेपालीलाई आग्रह समेत गरेका छन् ।
0 comments
Write Down Your Responses