सुनसरीबाट लखेटिए हतियारधारी भारतीय लुटेराहरु : यसरी बिफल भयो गाउ लुटने योजना

तेज बन / इटहरी २७ मंसिर –

 सुनसरीको दक्षिणवर्ती क्षेत्र बसन्तपुरबाट स्थानीय र प्रहरीले मध्यरातमा लुटनकालागि गाउ प्रवेश गरेका भातीय नकावधारी लुटेराको समुहलाई धुलो पिठो बनाई लखेटेका छन । दक्षिणी क्षेत्रमा चौपाया चोरीकालागि हतियार सहित गाउ प्रवेश गरेका लुटेराहरु र सो क्षेत्रका स्थानीयवासीहरुबिच आधाघण्टा बढी भएको भिडन्त पश्चात भारतीय लुटेराहरु फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 स्थानीयसंग लडाई पर्दापर्दै पुगेको प्रहरीटोलीलाई देखेर लुटेराहरुको समुहले दुई राउण्ड हवाई फायर गरेको र जवाफमा प्रहरीले पनि फायरीङ खोलेपछि उनिहरु फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्ज्यराज शर्माले जानकारी दिनुभयो ।

हतियारसहित गाउ छिरेको लुटेराहरुको बिषयमा पत्तोपाएका गाउलेको एकहुलले पहिलो चरणमा घेराहाली आक्रामण गरेपछि लुटेराहरुको समुहको चौपायासंगै गाउ लुटने योजना असफल भएको घटनाका प्रत्यक्षदर्शीहरुबाट बुझिएको छ । लुटेराहरुसंग झडप हुदा सुनसरी दक्षिणवर्ती गाविश बसन्तपुरका लिलानन्द मेहता , सञ्ज्य मेहता , लालु मेहता लगायत घाइते भएका छन ।

 उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । घटनास्थलबाट प्रहरीले २.२ राईफलको गोली थान २, आँगन र घर पछाडीको बाटोमा १–१ थान ८ एमएम के एफ लेखिएको गोलीको खोका समेत बरामद गरेको छ । दक्षिणवर्ती क्षेत्रबाट भागेका हतियारधारी लुटेराहरु भातीयहरु हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।

0 comments

Write Down Your Responses