जम्मा विद्यार्थी १२ हजार, पास भए २० हजार !
परीक्षामा सहभागी हुने जम्मा विद्यार्थी भन्दा पास हुने विद्यार्थीको संख्या बढि हुन सम्भव छ ? छैन ।
तर हाम्रो छिमेकी मुलुक भारतमा भने यस्तो सम्भव हुँदोरहेछ ।
भारतको उत्तरप्रदेशमा यस्तै भएको छ । उत्तरप्रदेशको आगरास्थित बिआर अम्बेडकर विश्वविद्यालयमा भएको यो आठौँ आश्चर्यको घटना हो ।
केही समय पहिले विश्वविद्यालयले लिएको बिएडको परीक्षामा सहभागि भएका जम्मा विद्यार्थी भन्दा झण्डै ८ हजार विद्यार्थी बढि पास भएपछि अहिले त्यहाँ ठूलै हंगामा भएको छ ।
उक्त परीक्षामा जम्माजम्मी १२ हजार ८ सय जना परीक्षार्थी सहभागी थिए । तर रिजल्ट आउँदा भने २० हजार विद्यार्थी पास भए ।
जम्मा परीक्षार्थी भन्दा परिक्षा पास गर्ने विद्यार्थीको संख्या झण्डै दोब्बर भएसँगै अधिकारीहरुले यो मामिलाको जाँच सुरु गरेका छन् ।
विश्वविद्यालयका प्रवक्ताका अनुसार परीक्षाको नतिजा प्रकाशनको काम एउटा निजि कम्पनीलाई दिइएको थियो । विद्यालयसँग १२ हजार परीक्षार्थीको मात्र दर्ता रहेकोमा नतिजा प्रकाशन गर्ने कम्पनीले भने २० हजारलाई उत्तीर्ण गराएपछि पास भएका भनिएका सबै विद्यार्थीलाई आफ्नो विवरण पेश गर्न आदेश दिइएको छ ।
२०७२ मंसिर २८ गते

0 comments
Write Down Your Responses