कोरियाले थप ५८ हजार कामदार भित्राउदै
काठमाडौ २८ मंसिर
। दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत आगामी वर्षका लागि ५८ हजार प्रवासी कामदार भित्राउने भएको छ ।कोरियाको ज्याला निर्धारण समितिले गत शुक्रबार सन् २०१६ का लागि बढीमा ५८ हजार अदक्ष कामदारको कोटा प्रस्ताव गरेको हो ।
समितिको प्रस्तावलाई प्रधानमन्त्रीको कार्यालयले मंगलबार स्वीकृत गरेपछि प्रस्ताव पारित हुनेछ । ५८ हजार कोटामध्ये २ हजार जगेडा राखिने र बाँकी ५६ हजार चौमासिक रुपमा वितरण गरिनेछ । कोरियाले साना तथा मझौला उद्योगहरुमा आवश्यक हुने अदक्ष कामदारको आपूर्ति हरेक वर्ष नेपालसहित १५ मुलुकबाट गर्दै आएको छ ।
प्रस्ताव गरिएका कोटामध्ये ४६ हजार पहिलोपटक इपिएस परीक्षा उत्तीर्ण गर्नेका लागि र १२ हजार पुनः प्रवेश गर्नेका लागि छुट्याइएको छ ।
आजको कान्तिपुरमा समाचार छ ।

0 comments
Write Down Your Responses