के बन्ध्याकरण गरेपछि सेक्सको चाहना कम हुन्छ ?

कुनैपनि व्यक्ति उसको यौन तथा प्रजनन अङ्गमा हुने वा गरिने कुनैपनि कुराप्रति निकै सजग हुन्छ । त्यसमा पनि यस्तो शल्यक्रियाको कुरा गर्दा चासो, चिन्ता मात्र होइन, एक किसिमको भयले सताउनु पनि स्वभाविक हो । त्यसमा पनि पुरुष बन्ध्याकरण अर्थात् भ्यासेक्टोमीको कुरा गर्दा त्यस्तो भय अलि बढी नै पाइन्छ ।

 बन्ध्याकरण गर्न लागेका प्रायः सबैजसो व्यक्तिलाई यस्ता प्रश्नहरूले सताउँछन् । चिकित्सकले वा परामर्शदाताले पनि यसले पार्ने सम्भावित असरहरूका बारेमा बताउँदैनन् । मनमा भएका अनेक प्रश्नका सम्बन्धमा साथीभाइसँग जानकारी लिएको भरमा चित्त बुझाउनुपर्ने बाध्यता हुन्छ, तर वास्तविकता के हो भन्ने कुरा धेरैलाई जानकारी हुँदैन र त्यही कुरा एक व्यक्तिवाट अर्को व्यक्तिमा सर्दै जान्छ ।

 कतिपय व्यक्ति मिथ्या कुरालाई नै यथार्थ हो भन्ने मान्छन् । सम्भवतस् त्यसैले होला, यो शल्यक्रियाका सम्बन्धमा समाजमा मित्थ्या धारणा विद्यमान छ । बन्ध्याकरण गराउने व्यक्तिमा भएका यौन जिज्ञासाहरूका वास्तविकता के हुन् त एकपल्ट नियालेर हेर्ने प्रयास गरौं ।

 बन्ध्याकरणलाई खसी पारेको भनिए पनि यथार्थ त्यो होइन । गर्भ रहनका लागि पुरुषको वीर्यमा भएका शुक्रकीटको मिलन हुनु आवश्यक छ । पुरुष बन्ध्याकरण एउटा सामान्य शल्यक्रिया हो । यो शल्यक्रियामा पुरुषमा भएका दुवै शुक्रवाहिनी नलीलाई काटिन्छ, जसले गर्दा अण्डकोषबाट उत्पादित शुक्रकीट वीर्यमा मिसिएर निस्कन पाउँदैन । शुक्रकीट नभएपछि गर्भ रहने कुरै भएन ।

 यौन उत्तेजना स्नायु प्रणाली तथा यौन अङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो । यौन परिकल्पना, भावना तथा सोचाइहरू विशेष गरेर मस्तिष्कबाटै प्रस्फुटन हुन्छन् । यौनाङ्ग, स्तन वा छालाजस्ता विभिन्न स्रोतबाट प्राप्त उत्तेजना मस्तिष्कमै एकीकृत गरिन्छ तथा बुझिन्छ र यसको अभावमा मानव यौन प्रतिक्रिया चक्र पूरा हुँदैन ।

बन्ध्याकरण गर्दा यी कार्य प्रणालीलाई कुनै किसिमको नकारात्मक असर पर्दैन । त्यसैले यौनसम्बन्धी व्यग्रता तथा भावनाहरू यथावत् नै रहन्छन् । यौनेच्छालाई प्रभावित गर्ने महत्वपूर्ण रागरस ९हर्मोन० टेस्टेस्टेरोन हो । यसलाई पुरुष यौन रागरस भनिन्छ । यो रागरस अण्डकोषबाट उत्पादन हुन्छ । यो रागरसले यौनेच्छामा प्रत्यक्ष रूपमा प्रभाव पार्छ । शुक्रकीटवाहिनी नलीलाई छानेर मात्र काटिने र बन्द गरिने हुनाले अण्डकोषको कार्य सम्पादन गर्न यो शल्यक्रियाले कुनै नकारात्मक असर पार्दैन ।
 त्यसैगरी धेरैमा लिङ्ग उत्तेजित नहोला भन्ने चासो र चिन्ता हुन्छ । लिङ्ग उत्तेजित हुँदा लिङ्गमा भएका विशेष तन्तुमा रगत भरिन्छ र यो कडा, मोटो र ठाडो हुन्छ । बन्ध्याकरण गरिँदा त्यसको नजिक भएका स्नायु तथा रक्तनसालाई कुनै किसिमको चोट नपुगोस् भनेर विशेष ध्यान पु¥याइन्छ । यो शल्यक्रिया गर्दा लिङ्गको स्नायु तथा रक्तनसा वा लिङ्गलाई कुनै चोट वा खराबी पुग्दैन ।

 त्यसैले लिङ्गमा रगत भरिने प्रक्रियामा कुनै अवरोध उत्पन्न गर्दैन । त्यसैले लिङ्गको उत्तेजनामा कुनै किसिमको नकारात्मक असर पर्दैन, अर्थात् रमाइलोसँग यौनसम्पर्क राख्न सकिन्छ । शल्यक्रियाको सामान्य असर हुने भए धेरैजसो व्यक्तिले हप्ता दिनपछि नै यौनसम्पर्कमार्फत आनन्द प्राप्त गर्न सक्छन् । यसमा पुरुषत्व हराउने भय हुँदैन ।

 वीर्य पनि राम्रैसँग निस्कन्छ, त्यसमा शूक्रकीट नहुने मात्र हो । यस अर्थमा गर्भ निरोधका लागि बन्ध्याकरणका सम्बन्धमा सोच्नु उत्तम हुन्छ । मानवले गर्भनिरोधका साधनको विकास गर्नुभन्दा पहिले देखि र अहिलेसम्म गर्भ निरोधका साधन प्रयोग नगरी यौनसम्पर्क गरिरहेका छन् । यो गर्नै नसकिने कुरा होईन । 

यसरी कुनै साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना धेरै हुन्छ । यसरी आधुनिक साधन प्रयोग नगरी यौनसम्पर्क गर्नुपर्दा केही प्राकृतिक उपाय नभएका भने होइनन् ।

 तपाईंले प्रयोग गरिरहनुभएको बाह्य स्खलन एउटा महत्वपूर्ण उपाय हो । त्यसैगरी क्यालेन्डर विधि अर्को उपाय हो । अहिले यसलाई Standard Days मा मालाको प्रयोगरी बढी प्रभावकारी बनाउने प्रयास भएको छ । 

पाठेघरको श्राव जाँच्ने वा तापक्रम हेर्ने जस्ता विधिको चर्चा गरिए पनि त्यसको अवलम्बन भने सजिलो छैन । यसलाई राम्रोसँग अवलम्बन गर्न सकिएन वा नसकिने स्थितिले गर्भ रहने सम्भावना वृद्धि हुन्छ ।

 कान्तिपुर साप्ताहिकबाट सभार

,

0 comments

Write Down Your Responses