बाबुराम नेतृत्वको नयाँ शक्तिमा कोको समावेश भए ?
२०७२ माघ १० आईतवार
काठमाडौं : डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति निर्माण अभियानलाई अझै शसक्त पार्न राष्ट्रिय परिषद्को प्रारम्भिक स्वरुप आइतबार घोषणा भएको छ।
अल्फाबेटामा मध्यान्ह आयोजित कार्यक्रममा नयाँ शक्ति अभियानको प्रारम्भिक स्वरुप घोषणा गरिएको हो। पहिलो चरणमा ३५ सदस्यीय काउन्सिल घोषणा भएको छ। यसलाई क्रमशः विस्तार गरिने छ ।
यो अभियानले हरेक जिल्ला र निर्वाचन क्षेत्रमा नयाँ शक्ति अभियानलाई संचालन गर्नेछ ।
नयाँ शक्तिलाई पार्टीको रुपमा रुपान्तरण गर्नका लागि पनि यही संरचनाले आवश्यक तयारी गर्नेछ ।
आज घोषणा भएको नयाँ शक्ति अभियानमा माओवादी नेताहरु बाहेक विभिन्न क्षेत्रका नयाँ अनुहार पनि समावेश भएका छन् । पूर्वसचिव रामेश्वर खनाल, स्वतन्त्र विश्लेषक मुमाराम खनाल, पूर्वसचिव प्रविण मिश्र, नायिका करिश्मा मानन्धर, कलाकार सरोज खनाललगायत स्वतन्त्र छवि भएका व्यक्तिहरु पनि प्रारम्भिक काउन्सिलमा बसेका छन् ।
त्यसैगरी निर्माता अशोक शर्मा, पूर्वएआईजी गणेश राई र पासाङ शेर्पा, केशवमान शाक्य लगायतका जनजाति समुदायका अगुवा नेताहरु पनि नयाँ शक्ति अभियमान संगठित भएका छन्। समाज रुपान्तरण र अार्थिक समृद्धिलाई नयाँ शक्तिले आफ्नो प्रमुख लक्ष्य बनाएको छ।
नयाँ संविधानको घोषणा भएपछि बाबुरामले एमाओवादी छोडेर नयाँ शक्ति अभियान थालेका हुन्।
एमाओवादीमा छँदा बाबुरामसँग निकट रहेका देवेन्द्र पौडेललगायतका नेताहरु नयाँ शक्तिमा संगठित भइसकेका छन् भने एमाओवादी छोडेर स्वतन्त्र भएका पूर्व माओवादी नेताहरु पनि नयाँ शक्तिको नेतृत्वमा आउने भएका छन् ।
नयाँ शक्ति नेपालको सांगठनिक यात्रा आजदेखि विधिवत् सुरु भएको जानकारी भट्टराईले दिएका छन्।
२६५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद् निर्माण गर्ने क्रममा पहिलो चरणमा ३५ जनाको नाम सार्वजनिक गरिएको छ भने अन्य नामहरू क्रमश: सार्वजनिक गरिनेछ।
कोको छन् नयाँ शक्ति राष्ट्रिय परिषद्मा
अभिनेता अशोक शर्मा, ऋषवदेव भट्टराई, कमला हेम्चुरी, करिश्मा मानन्धर, केशव दाहाल, डा. केशवमान शाक्य, गणेशराज राई, डा. चैतन्य सुब्बा, डा. जीतेन्द्र महासेठ , टिका गौचन, डम्बर खतिवडा, तिलक थापा मगर, दलमर्दन कामी, दुर्गा सोव, देवेन्द्र पौडेल, नत्थुप्रसाद चौधरी, नारायण पाण्डे, पासाङ्ग शेर्पा, डा. प्रवीण मिश्र, मदन राई, मनप्रसाद सुनुवार, मुमाराम खनाल, डा. मुक्ति रिजाल, मोहनी महर्जन, डा. राजेन्द्र के.सी. डा. रामकेवल साह, रामचन्द्र झा, रामेश्वर खनाल लिली थापा, वज्रकिशोर यादव, विसन राई, सरोज खनाल, डा. सुरेन्द्र चौधरी र हरेराम कोइराला

0 comments
Write Down Your Responses