टाउको दुखेको औषधि भनेर म्यानेजरले भियग्रा दिए

January 23, 2016

एजेन्सी - फाईनेन्स फर्ममा डाटा प्रोसेसरको काम गर्ने २२ वर्षीय महिलाले आफ्नो बोसको विरुद्द पुलिसमा एक रिपोर्ट दर्ता गराएकी छिन् । महिलाले आफ्नो टाउको दुखेको र औषधि किन्न जाने समय माग्दा बोसले आफुलाई औषधि भन्दै भियाग्रा दिएको गम्भीर आरोप लगाएकी छिन् महिला भारतको एक फाईनान्स इन्भेस्टमेन्ट फर्ममा पछिल्लो एक वर्ष काम गरिरहेकी छिन् ।

 उनले पछिल्लो तीन चार महिना देखि उनको फाईनान्सका ३८ वर्षीय म्यानेजरले आफुलाई प्रताडित गरिरहेको आरोप लगाएकी छिन् । महिलाले भारतको पीन्‍या पुलिस चौकीमा आफ्नो रिपोर्ट बुझाउंदै भनेकी छिन् जब अफिसमा कोहि हुँदैन म्यानेजरले आफ्नो सल तान्ने र गलत तरिकाले छुने गर्छन् । 

महिलाले यो पनि भनेकी छिन् कि उनलाई म्यानेजरले यौनसम्पर्क गर्न प्रस्ताव पनि गरेका थिए । त्यो बापत बोसले उनलाई राम्रो जागिर र पढ्न राम्रो पैसा दिने पनि लोभ देखाएका थिए । तर मैले उनको प्रस्ताव तुरुन्त लत्याईदिए र उनले मलाई अहिले भियाग्राको औषधि दिएर आफ्नो यौन सन्तुष्टि पूरा गर्न सोच बनाएको आरोप लगाएकी छिन् । 

जुमएनपी बाट

0 comments

Write Down Your Responses