यस्तो छ नयाँ शक्तिको नयाँ हेडक्वाटर

काठमाडौं – एमाओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियान शुरु गरेका डा. बाबुराम भट्टराईले नयाँ वर्षको आसपासमा नयाँ पार्टी गठन गर्ने भएका छन् । हाल अभियानको रुपमा रहेको ‘नयाँ शक्ति’ ले अब बिस्तारै पूर्णता पाउने भएको छ ।

 अभियानले राष्ट्रिय सम्मेलनको तयारी शुरु गरिसकेको छ भने अब बन्ने नयाँ पार्टीका लागि नयाँ कार्यालयको तयारी पनि जोडतोडले शुरु भएको छ । बबरमहलको काठमाडौं जिल्ला अदालत नजिकै नयाँ शक्ति पार्टीको कार्यालय तयार हुँदैछ । 

अभियानले यही माघ १० गतेदेखि कार्यालयलाई संचालनमा ल्याउने तयारी हुँदैछ । पार्टीलाई कार्यालयलाई व्यवस्थित बनाउन अहिले धमाधम काम भइरहेको छ । नयाँ शक्तिको हेडक्वाटर पुग्दा यस्तो देखियो कार्यालयको तयारीः

0 comments

Write Down Your Responses