सौर्यमण्डलमा नयाँ ग्रह भेटियो, पृथ्वीभन्दा १० गुणा -ठूलो
२०७२ माघ ८ गते
अमेरिकी खगोलविद्हरुले सौर्यमण्डलमा एक नयाँ ग्रह फेला पारेका छन् । उनीहरुका अनुसार यो ग्रह पृथ्वीको आकारभन्दा १० गुणा ठूलो रहेको छ ।
क्यालिफोर्निया इन्स्िटच्युट अफ टेक्नोलोजीका शोधकर्ताले उक्त नयाँ ग्रहको नाम प्लानेट नाइन अर्थात् नवौँ ग्रह राखेका छन् ।
यो ग्रहले बरुण ग्रहभन्दा अरबौँ माइल टाढाबाट सूर्यलाई परिक्रमा गरिरहेको छ ।
यद्यपि कम्प्युटर मोडलिंगमा आधारमा यो शोधको नतिजा निकालिएको हो । तर सौर्यमण्डलमा यो नवौँ ग्रह अस्तित्वमा रहेको आफुलाई पूर्ण विश्वास रहेको शोध रिपोर्टका सह लेखक कोनस्टान्टिन बेटेगिनले बताएका छन् ।
यो निकै आश्चर्यजनक खोज रहेको र यसले आकाशगंगाको विषयमा आम बुझाइ अझ बढने उनको दाबी छ । बीबीसी

0 comments
Write Down Your Responses