यसकारण आउँछ मृर्गौलामा खराबी

मृगौला हाम्रो शरीरको महत्वपूर्ण अंग मध्ये एक हो । मृगौलाले हाम्रो शरिरमा रगतलाई सफा गर्ने, हर्मोनहरु उत्पादन गर्ने, पिसाबलाई सफा गर्ने, शरिरमा एसिडको मात्रा मिलाउने, र शरिरमा भएका अनावश्यक फोहरहरुलाई पिसाबको माध्यम बाट बाहिर फाल्ने काम गर्दछ । 

तर पछिल्लो समय प्रदुषण लगायत विभिन्न कारणले गर्दा मृगौला रोगीको सङख्या बढिरहेको छ । हामीले हाम्रो दैनिक व्यबहारिक जीवनमा गर्ने सामान्य गल्तिहरुले पनि मृगौला खराब हुन सक्छ । यस्ता छन्, मृगौला खराब पार्ने सक्ने सामान्य मानविय कमजोरिहरु ।

 १ . कम पानि पिउनु मृगौला स्वचछ राख्न प्रसस्त मात्रामा पानि पिउनु पर्दछ । कम पानि पिउदा मृगौलाले शरिरमा रहेको अनावश्यक फोहोरहरु फाल्न पाउदैन र मृगौला बिग्रिने डर हुन्छ ।

 २. नुनिलो खानाको सेवन बढी गर्नाले नुनिलो खानाको प्रयोगले शरिरको रक्त चाप बढ्न गई मृगौलालाई असर गर्ने सक्छ । दिनमा ५ ग्राम भन्दा बढि नुनको प्रयोग गर्ने त्यति उपयूक्त मानिदैन ।

 ३. पिसावलाई थामेर राख्नु अनावश्यक रुपमा पिसाव रोकेर राख्दा पनि मृगौलामा पत्थरी हुन सक्छ । त्यसको साथै मृगौलालाई खराब समेत पार्ने सक्छ ।

 ४. गुलियो खाने कुरा धेरै खानु गुलियो खाने कुराले शरिरमा अनावश्यक प्रोटिनको मात्रा बढ्न जान्छ र शसिसमा चिनीको मात्रा बढ्न जान्छ र फलस्वरुप मृगौलामा असर पर्ने जान्छ । 

५. शरिरमा पोषणको कमि शरिरमा पोषणको कमि भएमा पनि मृगौलामा असर पर्ने सक्छ । 

६. मासु धेरै खानाले मानिसहरुले मासु धेरै खादा अथवा रातो मासुको प्रयोगले पनि मृगौलामा असर गर्ने सक्छ । त्यसैले सकेसम्म कम मासु खाने बानि गर्ने अथवा सकेसम्म सकाहारी खानाको सेवन गर्ने ।

 ७. कम सुत्ने बानि शरिरलाई आवश्यक मात्रामा निन्द्र र आरम पनि चाहिन्छ । त्यसैले समयमै सुत्ने बानि गर्नु पर्दछ । 

८ कफिनको प्रयोग धेरै गर्नाले कफिनको प्रयोग धेरै गर्दा पनि मृगौलामा असर गर्ने सक्छ । 

९. अनावश्यक औषधीको प्रयोग अनावश्यक रुपमा सामान्य दुखाइको समयमा पनि औषधी सेवन गर्यो भने त्यसको असर मृगौलामा पर्ने जान्छ । 

१०. मदिरा सेवन रक्सि धेरै सेवन गर्नाले पनि मृगौलामा असर गर्ने सक्छ

,

0 comments

Write Down Your Responses