घुसकाण्डमा तानिँदै प्रहरी, पछिल्लो दस महिनामा १ हजार ५९ प्रहरी कारबाहीमा

२०७२ फागुन १२ गते

१२ फागुन, काठमाडौं - सुआर्थिक चललेखमा सक्रिय भएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले माघ २१ मा हेडक्वाटर तानेर उनीमाथि अनुसन्धान अघि बढाइरहेको आजको नागरिक दैनिकमा समाचार छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी नायब निरीक्षक नरबहादुर विक सेवाग्राहीसंग घुस लिँदालिँदै प्रक्राउ परेपछि त्यहाँका एसपी गोविन्द परियारसमेत हेडक्वाटर तानिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकलाई एक लाख ५० हजार सहित पक्राउ गरी अनुसन्धान गदौ परियारसमेत जोडिएपछि प्रधान कार्यालयले उनलाई तत्काल हेडक्वाटर तथानेर आफूले समेत अनुसन्धान अगाडि बढाएको हो ।

 प्रहरीबाट हुने आर्थिक अनियमिताले संगठनकै बदनाम भएपछि प्रहरी प्रधान कार्यालयले आर्थिक अनियमितताविरुद्ध शून्य सहनशीलताको नीति ल्याएको चार वर्ष आघिसक्यो । तर, यो अवधिमा उक्त नीतिको प्रभावकारिता नै शून्यझै हुन पुगेको छ ।

 पछिल्लो दस महिनामा एसएसपीदेखि प्रहरी जवानसम्म १ हजार ५९ प्रहरी कारबाहीमा परेका छन् ।

0 comments

Write Down Your Responses