सेल्फी लिँदा दुईजना किशोरी नारायणीमा खसे

२०७२ फाल्गुन १६ आईतवार

चितवन: सेल्फी खिच्ने चक्करमा मग्न हुँदा दुई किशोरी नारायणी नदीमा खसेका छन् । पुलमा उभिएर सेल्फी खिच्ने क्रममा आइतबार दिउँसो दुई बजे नवलपरासीको गैँडाकोटका दुई किशोरी नारायणी नदीमा खसेका हुन । 

सेल्फी खिच्ने क्रममा खसेका किशोरीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ । उनीसँगै खसेकी अर्की किशोरी भने नदीमा बगेर वेपत्ता भएकी छन् । 

 जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नवलपरासीको गैँडाकोटकी करिब १६ वर्षीया नम्रता सापकोटा र १८ वर्षीया स्मिता ज्ञवाली नदीमा खसेका हुन् नारायणीमा खसेकी नम्रतालाई प्रहरीले जीवितै उद्धार गर्न सकेको छ । स्मिताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा जुटेर वेपत्ता किशोरीको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख बसन्तबहादुर कुँवरले बताए ।

0 comments

Write Down Your Responses