सेक्सकाे प्रस्ताव राख्दा नमानेपछि नेहाकाे हत्या : हत्यारा - नातेदार दाजु सार्वजनिक
कास्की २५ माघ ।
मगर चलचित्रकी नायिका समेत रहेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरि हत्यामा संलग्न रहेको अभियोगमा मृतककै धर्म दाई सतिश भनिने कीर्तन खड्कीलाई सार्वजनिक गरेको हो ।
कास्की प्रहरी प्रमुख हरि बहादुर पालले धर्म दाई नाता पर्ने खड्कीले नेहाँसँग यौन प्रस्ताव राखेको र त्यसलाई उनले अस्वीकार गर्दा रिसको झोँकमा हेलमेट प्रहार गरेर हत्या गरेको खुल्न आएको बताए ।
उनका अनुसार अभियुक्तले रिसको झोक्मा हेल्मेटले हान्दा मृत्यु हुन पुगेको स्वीकार गरेका छन् ।
‘खड्गीले नेहामाथि अस्लिल हर्कत गर्न खोजेको र नेहाले त्यसको प्रतिवाद गर्दा हेलमेटले हानेर नेहाको हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ,’ पालले भने ।
।
नेहाको हत्या रहस्यमय भएको र हत्यामा संलग्नलाई पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न माग गर्दै कास्की प्रहरीमाथि कडा दवाव पर्दै आएइको थियो ।\
प्रहरीले हत्याराको खोजी गर्ने क्रममा पोखरा नयाँ सडकमा उनलाई नियन्त्रणमा लिएको थियो
उनी दुई दिनअघि नै पक्राउ परेको र अनुसन्धानबाट उनले नै हत्या गरेको खुल्न आएपछि आज प्रहरीले पत्रकार सहम्मेलन गरेर सार्वजनिक गरेको हो ।
मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन् ।
दैनिक बिहान काममा जाने र राती ७–८ बजे फर्कने उनी माघ १८ गते साँझ नफिर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनलाई घर नजिकै अर्धनग्न अवस्थामा मृत अवस्थामा फेला पारिएको थियो ।
यसैबीच प्रहरीले हत्याराको सार्वजनिक गर्दै गर्दा पोखरामा मृतकका आफन्तले विरोध प्रदर्शन गरेका छन् । उनीह्ररुले हत्यारालाई फाँसीको सजाय हुनुपर्ने भन्दै नाराबाजी गरेका छन् ।
राताेपाटीबाट
0 comments
Write Down Your Responses