मुहारमा चमक ल्याउन यी ७ काम गर्नुस्
जाडो मौसमको सुक्खा हावाले छालालाई रुखो बनाउदछ त्यसैले
१.राति सुत्नुभन्दा पहिले दुधको तर मुहारमा लगाउनाले मुहारको छालालाई मुलायम र चम्किलो बनाउँछ ।
२.बदाम,बटर र चन्दन पाउडरलाई मिलाएर प्याकका रुपमा लगाउनाले अनुहारमा चमकपन आउछ ।
३.केही बदाम भिजाएर बोक्रा निकाली त्यसको पेष्ट बनाउने र त्यसमा एकचम्चा सुन्तला र गाजरको रस एवं दुध मिलाएर अनुहारमा लगाएमा मुलायम र चम्किलो हुन्छ ।
४.जाडोमा छालाको सरसफाइमा त्यतिधेरै ध्यान नजाने हुदा क्लिन्जीङ गर्दा उपयुक्त हुन्छ । क्लिन्जीङ गर्दा हर्वल प्रोडक्ट प्रयोग गर्दा उपयुक्त हुन्छ । यसका साथै जाडोमा छालाको लागि भिटामिन इ आयल तथा अरोमेटिक आयल उपयुक्त हुन्छ ।
५.जाडोमा ग्लिसरिन,मह र बटर मिलाएर अनुहारमा दल्दा पनि अनुहारमा चमक आउछ ।
६.एक चम्चा मह,दुई चम्चा बेसन र एक चम्चा दुधको तर मिलाएर अनुहारमा लगाएमा जाडोमा छाला कोमल एवं नरम हुन्छ ।
७.जाडोमा राति नाइट क्रिम र दिउसो मोइस्चराइजर क्रिम लगाउँदा छालालाई रुखो हुनबाट जोगाउन सकिन्छ ।


0 comments
Write Down Your Responses