विप्लव माओवादीका शक्ति बाबुरामको नयाँशक्तिमा

२०७२ फाल्गुन १३नेपालगन्जः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका भेरी कर्णाली विशेष व्युरो इन्चार्ज मानबहादुर रोकाया शक्ति पार्टी परित्याग गरि नयाँ शक्तिमा प्रवेश गरेका छन् । 

 रोकाया सँगै विप्लव माओवादीका बाँके जनसरकार प्रमुख सन्तोष बस्नेत लगायत जिल्लास्तरीय झण्डै ५३ जना नेता कार्यकर्ता डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेका छन् । विप्लव माओवादी छोडेका मान बहादुरलाई नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषदको सचिवालय बैठकले परिषद सदस्यमा थप गरेको छ । 

 विप्लव माओवादीले क्रान्ति गर्ने भनेर ढाँट्ने गरेको भन्दै विश्वास घटेकाले आफुले पार्टी परित्याग गरेको उनले बताए । अब देशले क्रान्ति भन्दा आर्थिक समृद्धि चाहेकाले आफुहरु नयाँ शक्तिमा समाहित भएको रोकायाले बताए ।

0 comments

Write Down Your Responses