तारा एयरको विमान म्याग्दीको सोली घोप्टेमादुर्घटनाग्रस्त भेटियो

२०७२ फागुन १२ गते

१२ फागुन, काठमाडौं  बुधबार विहानबाट सम्पर्कविहीन भएको तारा एयरको विमान म्याग्दीको सोली घोप्टेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोली घोप्टे डााडोमा आगो लागेर डढेको अवस्थामा विमान भेटिएको हो । 

अहिले नेपाली सेनाको हेलिकोप्टर त्यहाा पुग्दैछ । विमान खोजीका लागि हेलिकोप्टरमा खटिएका उच्च शिखर शिक्षालय मुस्ताङका प्रमुख कर्णेल इन्द्रबहादुर रायमाझीले अनलाइनखबरलाई बताए अनुसार स्थानीयले दिएको जानकारीका आधारमा घटनास्थल पत्ता लागेको हो । 

बुधबार बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको कल साइन ९-AHH भएको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको थियो । विमानमा चालक दलका ३ सदस्य र दुर्इ बालबालिका सहित २३ यात्रु थिए ।

0 comments

Write Down Your Responses