अाजकाे राशिफल / २०७३ आषाढ २७ गते सोमबार
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh
आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । आफन्त वा मित्रले आज अप्रत्याशित रूपमा सहयोग गर्नेछन् ।
प्रेमी÷प्रेमिका वा जीवनसाथीसितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । खानपान र मेजमानीको अनुकूलता प्राप्त हुनसक्छ, तर स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ ।
आजको शुभअङ्क : ६
शुभरङ्ग : सेतो
इष्टदेवी : सरस्वती
इष्ट ग्रह : बृहस्पति
कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमःजप गर्ने संख्या : ११ पटक
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish
पाँचौं भावमा चन्द्रमा कमजोर रहेकाले सुरुमा मन खिन्न हुनसक्छ, निराशा र वैराग्यका भावना मँडारिन सक्छन् । तर आज पठनपाठन र बौद्धिक चिन्तनमननमा घोत्लिने र कडा मिहिनेत गर्ने दिन हो । जे गरेपनि बुद्धि खियाएर अघि बढेमा सफलता आर्जन गर्न सकिने छ । दिउँसो बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ, तर रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त पर्नेछ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ । भाइबहिनी र छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
मनमा दार्शनिक र आध्यात्मिक भावना ुउत्पन्न हुन सक्छन् । पारिवारिक जीवनमा सामान्य तनाव र समस्या देखा पर्नसक्छन् ।
आजको शुभअङ्क : ४
शुभरङ्ग : पहेंलो वा गुलाबी
इष्टदेवी : महालक्ष्मी
इष्ट ग्रह : शुक्र
कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः
जप गर्ने संख्या : ९ पटक
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun
मानसिक अशान्ति र बेचैनी हुने योग छ, सामान्य कुराले पनि मन पिरोल्नेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर दिनुहुँदैन ।
भर्खरै चिनजान भएका व्यक्तिले धोका दिन सक्छन् । दाम्पत्य जीवन निरस रहने छ । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिन सक्छ । घरायसी प्रयोजनमा धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, पाचनप्रणालीमा बिग्रन सक्छ ।
आजको शुभअङ्क : ९
शुभरङ्ग : हलुका रातो वा पहेंलो
इष्टदेवता : कुलदेवता÷पितृदेवइष्ट ग्रह : बृहस्पति
कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः
जप गर्ने संख्या : १९ पटक
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat
आज पराक्रम र प्रसिद्धि आर्जन गर्न सकिने स्वर्णिम समय हो । अल्छी गरेर वा चुप लागेर बस्नु ठिक हुँदैन । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ । चेलीबेटी वा कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । विद्वान् र प्राज्ञिक व्यक्तिहरूसित सुमधुर सम्बन्ध कायम हुनेछ ।
विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ ।
आजको शुभअङ्क : २
शुभरङ्ग : सेतो वा घिउरङ्गइष्टदेवता : शिव
इष्ट ग्रह : चन्द्रमा
कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय
जप गर्ने संख्या : २१ पटक
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha
दिन मध्यमखालको छ । आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । नातागोता, छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन ।
आत्मबलमा कमी देखिने छ । पठनपाठनमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । मुखलाई नियन्त्रण गरेको जाति हुन्छ ।
आजको शुभअङ्क : ३
शुभरङ्ग : रातो
इष्टदेवता : सिद्धिविनायक गणेश
इष्ट ग्रह : मङ्गल
कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः
जप गर्ने संख्या : २१ पटक
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya
साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । तर मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् ।
खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ ।
-आजको शुभअङ्क : ७
शुभरङ्ग : नीलो
इष्टदेवता : महाकाल शिव
इष्ट ग्रह : शनिश्चर
कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः
जप गर्ने संख्या : २३ पटक
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula
बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । आम्दानीको बाटो असहज बन्नसक्छ, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
दिक्क र झर्कोलाग्दो यात्राको योग छ । परपाहुनाको चाप बढ्नसक्छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक
समस्याले पनि मन खिन्न हुनेछ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन ।
आजको शुभअङ्क : ५
शुभरङ्ग : बैजनी वा पहेंलो
इष्टदेवता : श्रीकृष्ण÷ रामचन्द्र
इष्ट ग्रह : बुध
कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय
जप गर्ने संख्या : ९ पटक
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik
स्वास्थ्यमा सामान्य समस्या देखिनाले मनमा उमंग र उत्साहको कमी हुनेछ । महत्वपूर्ण काममा ढिलासुस्ती हुने सम्भावना छ । तर आत्मविश्वास र पराक्रममा कमी आउने छैन त्यसैले मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । उद्योगधन्दा र बन्दव्यापारमा सामान्यतया राम्रै हुन्छ । प्रशासनिक र राज्यपक्षको झमेलाभन्दा टाढा बसेको जाति हुन्छ ।
पढाइलेखाइ र बौद्धिक क्रियाकलापबाट बेफाइदा हुँदैन, तरप्रतिस्पद्र्धाबाट लाभ लिन सकिने छैन । सानातिना कुरामा अल्मलिनु पर्ने भएकाले केही महत्वपूर्ण अवसर गुम्न सक्छन् । धार्मिक तथा आध्यात्मिक क्षेत्रबाट लाभ हुन्छ ।
आजको शुभअङ्क : ९
शुभरङ्ग : छिर्केमिर्के बुट्टे
इष्टदेवी : बगलामुखी भगवती
इष्ट ग्रह : केतु
कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः
जप गर्ने संख्या : ७ पटक
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu
पितृस्थानमा रहेको चन्द्रमाका कारण वंश, कुल र पितृपक्षका विषयमा घोत्लिन मन लाग्नेछ । हाकिम वा अभिभावकका विचारले प्रभावित तुल्याउन सक्छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । साथीभाइसित भेटघाट हुने योग छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । कर्मक्षेत्रमा मिहिनेतका साथमा खट्ने समय छ । आम्दानीको बाटो सहज छ ।
बन्दव्यापार र कारोबारबाट राम्रो प्रतिफल आउने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । पारिवारिक सम्बन्ध सामान्य ढंगले अघि बढ्ने छ । मायाप्रीति र रसरङ्गमा आकर्षण देखिंदैन ।
आजको शुभअङ्क : ७
शुभरङ्ग : कालो
इष्टदेवता : कालभैरव
इष्ट ग्रह : शनिश्चरकार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः
जप गर्ने संख्या : २३ पटक
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar
आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, भाग्यमा चन्द्रमा रहेकाले आफ्नै पाखुरी र बुद्धि खियाएर जुनसुकै काममा सफलता पाउनु हुनेछ । आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । दान पुण्यका कार्यतर्फ मन आकर्षित हुनेछ, तर त्यसलाई कार्यान्वयन गर्न विलम्ब गरेमा भाग्यबलमा कमी आउन सक्छ ।
दूरदराजमा रहेको कुनै पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । तीर्थव्रत तथा देवालय आदिको भ्रमणबाट सन्तुष्टि हुनसक्छ । घरमा पारिवारिक समस्या र अस्वस्थता देखा पर्न सक्छन् । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन ।
आजको शुभअङ्क : ३
शुभरङ्ग : सिन्दुरे रातो
इष्टदेवता : हनुमान्÷भगवान् महादेवइष्ट ग्रह : मङ्गल
कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः
जप गर्ने संख्या : २३ पटक
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha
सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ ।
घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ ।
आजको शुभअङ्क : ४
शुभरङ्ग : हरियो
इष्टदेवता : माता दुर्गाइष्ट ग्रह : बुध
कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः
जप गर्ने संख्या : ८ पटक
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean
अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो भएर आएको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । जीवनसाथी वा विपरीतलिंगी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ ।
घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने वातावरण बन्नेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ । आम्दानीमा कमी हुने छैन ।
आजको शुभअङ्क : २
शुभरङ्ग : सेतो
इष्टदेवता : भगवान् महादेव
इष्ट ग्रह : चन्द्रमा
कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नमः
जप गर्ने संख्या : ११ पटक
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)
0 comments
Write Down Your Responses