एक गोर्खा सैनिक जसले आइएसआइका तीन लडाकूलाई गोर्खाली खुकुरीले छप्काए -

२८ असार

 डिफेन्स न्यूज/डेली स्टारएक विशेष वायु सेवा (एसएएस)का गोर्खा सैनिकले आफूलाई अपहरण गर्न खोज्ने आइएसआइएसका तीन लडाकूलाई खुकुरीले आक्रमण गरी हत्या गरेका छन् ।

 एसएएसका सैनिकहरु धेरैवर्षदेखि इराकमा तैनाथ गरिँदै आएको छ । उनीहरुले आतंकवादी संगठनमा आबद्ध जिहादीहरुलाई मार्ने र आइएसआइएस विरुद्ध लड्ने कुनै पनि शक्तिलाई सहयोग गर्ने गर्दछ । 

 जुन महिनाको सुरुमा निस्किएको एक रिपोर्ट अनुसार एक एसएएस स्निपरले कार बम हमला गर्न खोज्ने दुईजनालाई एउटै गोलीले मारेको थियो । यस्तैमा डेली स्टारको एक रिपोर्ट अनुसार, एसएएस र इराकी समूह फालुजास्थित बम बिस्फोट भएको कारखानामा उनीहरुको हराइरहेको एक सैनिकको खोजीमा पसे ।

 तर त्यो समूहमाथि आइएसका लडाकूले एम्बुस राखेका थिए जसमा थुप्रै इराकी सैनिकको मृत्यु भयो भने चारजना सख्त घाइते भए । घाइते सैनिकलाई सुरक्षित स्थानमा पुर्याउनको लागि तानिरहेका बेला एसएएसका ती सैनिकले शत्रुलाई गोली हानिरहेका थिए । जब उनीसँग भएका सबै गोली सिद्धिए तब आइएसका सैनिकले उनलाई जिउँदै समात्न खोजे ।

 समात्न खोज्दा २७ वर्षीय ती व्यक्तिले आफूसँग बाँकी भएकोएउटै हतियार, खुकुरी निकालेर आक्रमण गर्न थाले । उनलाई त्यो खुकुरी ब्रिटीश गुर्खाका एक सैनिकले उपहारस्वरुप दिएका थिए । एक वरिष्ठ रक्षा स्रोतका अनुसार, ‘जब उनीसँग भएको गोली बारुद सबै सिद्धियो तब उनलाई आइएसका बन्दुकधारीले ज्यूँदै समात्न खोजे । उनलाई समात्न जब आइएसआइका सैनिक उनी नजिक गए तब उनले आफ्नो खुकुरी निकालेर छप्काउन थाले ।’

 ‘उनले पहिलो बन्दुकधारीको टाउको काटे, दोस्रोको घाँटी रेटे र तेस्रो प्रहारले अर्कोको हत्या गरे । त्यसपछि उनले अरु तीनजनामाथि पनि आक्रमण गरे ।’ घाइते आइएसका बन्दुकधारीहरु आत्तिदैं त्यहाँबाट भागे । त्यसपछि ती एसएएस सैनिक आफ्ना घाइते साथीहरुलाई सुरक्षित स्थानमा पुर्याउन सफल भएको स्रोतको भनाई छ ।

 ‘उनले आफू त्यहाँ मारिने र जतिसक्दो दुश्मनलाई आफूसँगै लिएर जाने उनले सोचेका थिए ।’ ‘पछि जब उनले आफ्ना इराकी सैनिकहरुलाई भेटे तब उनलाई धेरै नै चोट लागेको अनुमान गरियो किनभने उनी रगतै रगतले ढाकिएका थिए । तर उनले त्यो रगत आफ्नो नभएको बताए ।’

 ‘उनले आफ्नो खुकुरी सफा गरे, केही गोली बारुद लिए र अर्को इराकी समूहको नेतृत्व गर्दै पुनः युद्ध गर्न हिँडे ।’ अब ती सेना अधिकारीले इराकी आर्मीबाट बहादुरीको अवार्ड पाउने अनुमान गरिएको छ ।डेली स्टार सन्डेले बताए अनुसार ती एसएएस सैनिकले आफ्नो खुकुरी इराक, अफगानिस्तान र लिबियाको लडाईं मिसनमा पनि लिएर गएका थिए तर यो खुकुरीको प्रयोग पहिलो पटक यहाँ नै भएको हो ।

 स्रोत : डेली स्टार

0 comments

Write Down Your Responses