कंगनाभन्छिन्-'म माथि पुगेपछि नायिकाले नै डाहा गरे'
२०७२ भदौ २५ गते १३:२५ मा प्रकाशित
बलिउडमा आफ्नै खुबीले कमै मात्र कलाकारले उचाई पाएका छन् । त्यही भिडमा पर्छिन् नायिका कंगना रनावत । चलचित्र ‘क्विन, तन्नु वेड मन्नु रिटन्र्स’ जस्तो चलचित्र उनकै बलमा हिट भएपछि अहिले उनको चर्चा चुलिएको छ । उनै कंगनाले ‘दैनिक भाष्कर’सँग गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।
इमरान खानको चलचित्र अधिकांश असफल छन् । २ बर्ष उनको कुनै पनि चलचित्र प्रदर्शनमा आएको छैन । उनको साथमा काम गर्दा जोखिम भएन ?
जतिबेला मेरो कुनै पनि चलचित्र चलिरहेको थिएन, त्यतीबेला धेरैले मसँग काम गर्ने ईच्छा जनाएनन् । त्यतीबेला नै मैले अब म कहिले पनि यस्तो सोच राख्दिन भनेको थिएँ । कुन स्टारको चलचित्र पहिला चलेको थियो या थिएन भन्ने मलाई मतलब छैन । मैले यो माइन्डसेट धेरै सोचेर गरेकी हुँ ।
तपाइको सफलतासँगै नकारात्मक चर्चा धेरै भैरहेको छ ? आखिर किन ?
मैले यती धेरै संघर्ष गरे तर कहिल्यै सोचेको थिइन कि यस्ता कुराको पनि सामना गर्नुपर्छ । मैले गसिप वा चर्चामा सहभागीता कहिल्यै पनि जनाएको छैन । तर, केही नायिकाहरु जसको स्थान खतरामा परेको छ, उनीहरुले यस्तो हल्ला चलाएका छन् । तर, कोही माथि आउँदा कोही तल झरिहाल्छ, यो त संसारको नियम नै हो ।
यो कुरामा तनाव लिनु भन्दा यसलाई स्विकार गर्नु नै उत्तम हुन्छ होला ।
तपाइलाई लाग्छ, सफलता लामो समयपछि मात्र मिलेको हो ?
कसैले उपेक्षा गरेको मानिसलाई सफल हुन समय लाग्छ नै । सबै चर्चित नायिकालाई मैले पनि हेरेकी छु, उनीहरुले सुपरस्टार नायकसँग काम गरेका छन् । चाहे उनीहरु खान हुन्, कुमार हुन् या अरु कोही नै । मैले त बहुतै चलेका निर्देशकसँग पनि काम गरेको छैन ।
मेरो आमाले भन्नुहुन्छ कि अलग काम गर्नका लागि अलग समय त लागिहाल्छ ।
खानहरुलाई तपाईसँग काम गर्ने मौका मिल्छ होला त ?
मौका त कैयौ पटक आएको छ । तर, मेरो भनाई छ कि, उनीहरुको भन्दा धेरै भूमिका नभएपनि कम पनि नहोस् । मेरो फ्यान मसँग धेरै विश्वास राख्छन् । उनीहरुले नै मलाई स्विकार गरेका हुन्, यसैले म उनीहरुलाई निराश बनाउन चाहन्न ।
0 comments
Write Down Your Responses