समुद्रमा बच्चा जन्माउने,डल्फिनलाई सुँडेनी बनाउनेमहिलाको यो कस्तो रहर ?
२०७२ भदौ २५ गते ९:१९ मा प्रकाशित
दुनियामा केही मान्छे सधै कुनै फरक काम गर्न चाहन्छन् । यस्तै चाहन्छिन् डरिना रसिन नामकी गर्भवती महिला । उनी आफ्नो बच्चालाई निकै अनौठो तरिकालेे जन्म दिन चाहन्छिन् । उनका पति माइका सुनेगल पनि आफ्नो बच्चा नयाँ तरिकाले यो धर्तिमा आओस् भन्ने चाहन्छन् । यहीँ चाहनाका कारण यो दम्पतिले समुद्रमा बच्चा जन्माउने योजना बनाएको छ, अनि त्यसका लागि उनीहरुले तयारी पनि सुरु गरिसकेका छन् ।
समुद्रमा जन्मिएको बच्चाको नाम के रहला ? निश्चित रुपमा केही फरक त हुनैपर्यो । केही मात्र होइन पूरै फरक हुनेवाला छ । उनीहरु आफ्नो बच्चाको नाम डल्फिन राख्ने योजनामा छन् । डल्फिन किन राख्ने ? यसको पनि कारण छ । किनकी उनले बच्चा जन्माउँदा एउटा डल्फिन सुँडेनीको भूमिकामा रहनेछ ।
आम महिलाहरु गर्भावस्थाको समयमा धेरै आराम गर्न चाहन्छन् । तर डरिना भने घण्टौ सम्म समुद्रमै तैरिएर बिताउँछिन् ।
आफुले ५ वर्ष पहिले नै समुद्रमा बच्चा जन्माउने निधो गरेको उनको भनाइ छ । आफ्नो बच्चाले सबैभन्दा पहिले डल्फिन भन्ने शव्द बोल्ने र उसलाई अरु सबैले डल्फिन नै भनेर बोलाउने आशा उनको छ ।
डाक्टरहरुले यसरी समुद्रमा बच्चा जन्माउन नहुने भन्दै उनलाई स्विकृति दिएका छैनन् । तर उनी आफ्नो योजनाबाट पछि हट्ने मनसायमा छैनिन् ।
पानीमा बच्चा जन्माउँदा प्रश्रव पीडा पनि कम हुने विश्वास गरिन्छ तर बच्चालाई भने खतरा हुनसक्छ ।
अमेरिकाको हवाइ टापुकी बासिन्दा डोरिनाको यो अनौठो हिम्मतलाई च्यानल फोर टेलिभिजनले आफ्नो चर्चित शो एक्स्ट्राअर्डीनरी बर्थस्मा प्रस्तुत गरेको छ ।
0 comments
Write Down Your Responses