१२ लाख तिरे चन्द्रमामा अन्तिम संस्कार

(एजेन्सी)

 मृत्युपछि स्वर्ग जान पाइदैँन भन्ने तपाईको जवाफ होला ? तर अब स्वर्ग नभएपनि झन्डै १२ लाख नेपाली रुपैयाँ खर्चनेले मृत्युपछि चन्द्रमा जान पाउँनेछन् । अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक कम्पनीले १२ हजार डलरमा यस्तो योजना ल्याएको हो । यस कम्पनीको योजनाअनुसार १२ हजार अमेरिकी डलर तिर्नेको शव मृत्युपछि कम्पनीले चन्द्रमामा लगेर गाड्नेछ ।

 नासाका पूर्व इन्जिनियर थोमस सिभिइटले स्थापना गरेको यस कम्पनीले योजना सार्वजनिक गर्दै भनेको छ – ‘मृत्यु हुनेको परिवारले अब आफ्नो परिवारको सदस्यलाई प्रत्येक रात चन्द्रमामा हेर्न सक्छ । त्यहाँ उनीहरुको महत्वपूर्ण सदस्यको शरिर हुनेछ ।सन् २०१३ मा स्थापना भएको यो कम्पनीले यसै वर्षको अगस्टबाट मात्रै यस्तो योजना ल्याएको हो । अहिले उनीहरुले ग्राहकसँग अर्डर लिइरहेका छन् ।

 पहिलो ब्याचका शवहरलाई ग्रिफिन ल्यान्डर स्पेशक्राफ्टबाट चन्द्रमा लगिनेछ । संस्थापक सिभिइटका अनुसार प्राय रातीको आकाश र अन्तरिक्षसँग विशेष सम्बन्ध जोडिएको परिवार यस्तो योजनामा सबैभन्दा बढी उत्सूक छ । यसअघि उनले सुटिंग स्टार मेमोरियलका नाममा आकाशगंगामा पुर्याएर शवहरुलाई फेरि धर्ती फर्काउने योजना बनाएका थिए । तर अमेरिकी सैनिक स्टेफेन जिन्क्सले नयाँ अचम्मको योजना ल्याएपछि उनी बदलिए ।

 जिन्क्सले फोक्सोको क्यान्सरका कारण ज्यान गुमाएकी आफ्नी आमाको शव चन्द्रमा लैजान चाहेको बताएका थिए । जिन्क्सकी आमाले सधैँ मृत्युपछि पनि आफूलाई चन्द्रमामा हेर्नु भनेर भनेकी थिइन् । त्यसैकारण आमाको मायाले ओतप्रोत यि सन्तानले एक्स्टोनटको यो उपाय थाहा पाएपछि आफ्नो योजना पनि उनीसँग् राखे । वैज्ञानिक सिभिइटले अब जिन्क्सको सपना पुरा हुने बताए । पहिलो ५० जनासम्मका लागि यस लुनार मेमोरिजले केवल ९ हजार ९ सय ५० अमेरिकी डलर लिनेछ । त्यसपछि यसको मूल्य बढाएर ११ हजार ९ सय ५० डलर पुर्याइने सिभिइटले बताए ।

,

0 comments

Write Down Your Responses